अध्यक्ष ओलीको राजीनामा नमाग्ने सहमति भयो- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको बताएका छन् ।

एमालेको कार्यदलको बैठकपछि जानकारी दिदै अध्यक्षको आलोचना नगर्ने,राजीनामा नमाग्ने र त्यस बारेमा कहिँ नबोल्ने लगायतका विषयमा सहमति भएको बताएका छन् ।

उनले नेतृत्वको परिवर्तन नियमित महाधिवेशनबाट नै हुने बताउदै राष्ट्रिय प्रतिनिधि परिषदको बैठक बोलाउनेसहितका विषय समेटेर प्रतिवेदन पारित गरेको जानकारी दिए ।

कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ को मस्यौदा र सदस्य सचिव शंकर पोखरेलको मस्यौदा बैठकमा राखिएको र दुवैको प्रतिवेदनलाई साझा प्रतिवेदन बनाएर३ जना नेताले तयार पार्ने उनले जानकारी दिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।