Category

राजनीति

र

मानव अधिकार आयोगको निष्कर्ष: सेनाले राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न सकेन !

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नेपाली सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन नसकेको निष्कर्ष निकालेको छ ।  आयोगले प्रतिवेदनमा नेपाली सेनाले जनअपेक्षाअनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको निष्कर्ष निकालेको हो । साथै आयोगले प्रधानसेनापति अशोकराज सिग्देललाई राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानव अधिकार संरक्षणप्रतिको...

गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगले सार्बजनिक गरेको प्रतिवेदनमा कार्कीले दिएको अभिव्यक्तिका आधारमा उनलाई अनुसन्धान गर्न सिफारिस गरेको हो । कार्कीले  प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपश्चात सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई आधार बनाउँदैप्रदर्शनलाई उक्साउन भूमिका...

नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा ७० जना मनोनित

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा ७० जना मनोनयन गरिएको छ । अध्यक्ष मिना कुमारी खरेलले नेपाली कांग्रेसका सभापति गगन थापाको परामर्शमा केन्द्रीय समिति विस्तार गरेको जानकारी दिइएको छ । खरेललाई सभापति थापाले काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम कार्यादेशसहित नेपाल महिला संघको अध्यक्ष पदमा नियुक्त गरेका थिए । मनोनयन गरिएका...

प्रधानमन्त्री एक सातामा संसदमा आउने सत्ता पक्षको प्रतिबद्धतापछि विपक्षीको अवरोध हट्यो

काठमाडौं । सत्ता पक्षले प्रधानमन्त्री बालेन्द्र शाहले एक साता भित्र संसदमा आएर जवाफ दिने प्रतिबद्धता गरेपछि प्रतिनिधि सभामा विपाक्षी दलहरुको अवरोध हटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले के साता भित्र संसदमा आएर सांसदहरुका प्रश्नको जवाफ दिने प्रतिबद्धता गरेपछि विपक्षी दलहरुले अवरोध हटाएका हुन् । यसअघि प्रतिनिधिसभाको बैठकमा विपक्षी...

प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुनुहुन्छ : मुख्य सचेतक बुर्लाकोटी

काठमाडौँ, १२ जेठः राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर मुख्य सचेतक बुर्लाकोटीले सो कुराको जानकारी गराउनुभयो । तत्पश्चात नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको...

प्रधानमन्त्री शाहको इयूका राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग  संयुक्त भेटवार्ता गरेका छन् ।  प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुसँग सामूहिक भेट र संवाद गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।    प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा...

प्रधानमन्त्री संसदमा आउने तयारीमा हुनुहुन्छ- सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै विपक्षी दलहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र संसद्मा उठेका विषयबारे जानकार रहेको बताएका हुन् । उनले भने-‘ ‘सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल...

आरेन राईको सरकारलाई प्रश्न- जीवी राई कहिले पक्राउ पर्छन् ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारलाई जीवी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गर्दै सरकारी ढुकुटीबाट सहकारीको ठगिमा परेकाहरूको रकम फिर्ता गर्न नपाइने बताए ।  सांसद राईले बादर आतङ्कको अन्य कहिले हुन्छ भन्दै सरकार संसदप्रति कहिले उत्तरदायी हुन्छ भन्ने समेत उठाएका छन्...

नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा सुधार गर्ने दिशामा सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा सुधार गर्ने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली सङ्घ तथा सदस्य राष्ट्रका राजदूतहरू र काठमाडौँस्थित अन्य देशका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिको गम्भीरता र...

संविधान संशोधनमा हिन्दु राष्ट्र र राजसंस्थाका विषय समेट्न राप्रपाको माग, नसमेटिए आन्दोलन गर्ने चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संविधान संशोधनको प्रक्रियामा सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र प्रदेश संरचनाको पुनरावलोकन जस्ता विषयहरूलाई अनिवार्य रूपमा समेट्न सरकारसँग माग गर्नुभएको छ ।  प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले संविधान संशोधनका लागि गठित कार्यदलको प्रारम्भिक मस्यौदामा यी महत्वपूर्ण विषयहरू नपरेको भन्दै आपत्ति जनाउनुभएको हो ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।