काठमाडौं । सत्ता पक्षले प्रधानमन्त्री बालेन्द्र शाहले एक साता भित्र संसदमा आएर जवाफ दिने प्रतिबद्धता गरेपछि प्रतिनिधि सभामा विपाक्षी दलहरुको अवरोध हटेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले के साता भित्र संसदमा आएर सांसदहरुका प्रश्नको जवाफ दिने प्रतिबद्धता गरेपछि विपक्षी दलहरुले अवरोध हटाएका हुन् ।
यसअघि प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र संसद्मा उठेका विषयबारे जानकार रहेको बताएका थिए । उनले भनेका थिए-‘ ‘सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ ।’
विपक्षी दलहरुको अवरोधका कारण पहिलो बैठक १५ मिनेट स्थगित भएको थियो ।

