Category

राजनीति

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरणमा सात दिने पुर्जी

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । विभाग जारी गरेको सार्बजनिक सूचनामा भनिएको छ-  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरबाट प्रसाद सिंह देउवाको नाति, शेरबहादुर...

रास्वपा महामन्त्रीमा रञ्जुको विपिनलाई समर्थन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा उम्मेदवारी घोषणा गरकी रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिएकी छन् । रञ्जुले महामन्त्रीमा विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । यसअघि प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली लगायतले पनि विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । अब महामन्त्री पदका लागि विपिनसहित मनिष झा, गणेश कार्की र सागर ढकाल...

उम्मेदवारलाई समर्थन गर्दै फिर्ता लिनुले गुटबन्दीको झल्को दियो- गणेश कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले पदाधिकारीको निर्वाचनमा गुटबन्दी गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । महामन्त्रीको उम्मेदवार बनेका कार्कीले अर्को उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुले गुटबन्दीको झल्को दिएको बताएका छन् । उनले यहि अधिवेशनमा सभापतिले उदघाटन गर्दै अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य हैन भनेको उल्लेख गर्दै सभापतिको...

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी रहेको छ ।

शुक्रबार दिउसो २ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Post Views: 10 4

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको परिणाम सार्बजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले ९९ जना विजयी उम्मेदवारको नाम सार्बजनिक गरेको हो । जसमा अर्थमन्त्री समेत रहेका डा. स्वर्णिम वाग्लेले सर्बाधिक मत प्राप्त गरेका छन् । रास्वपाले खुलाबाट ३२ जना केन्द्रीय सदस्य छानेको छ । अन्य विभिन्न क्लाष्टर र प्रदेशबाट छानेको छ । डा. स्वर्णिम...

रास्वपाको पदाधिकारीमा भिडन्त, को को बन्दैछन् उम्मेदवार ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्यका लागि आज मतदान हुदैछ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय नतोकेपनि आज इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) र मोबाइल एप प्रयोग गरेर मतदान गर्ने निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिएका छन् । महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिले ईभीएमबाट मतदान गर्ने छन् भने विदेशमै रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने...

फरक परिणाम निकाल्न फरक सोच्नुपर्छ- रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नुपर्ने बताएका छन् । चितवनमा पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै गुट-उपगुटमा नलाग्न आग्रह गरेका छन् । उनले भने- ‘फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नैपर्छ। जो जहाँ जसरी...

विष्णु पौडेललाई बिना शर्त रिहाई गर्न एमालेको माग

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले पक्राउ परेका पार्टी उपाध्यक्ष विष्णु पौडेलको बिना शर्त रिहाईको माग गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको दलको बैठकले पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरेको निष्कर्ष निकाल्दै बिना सर्त रिहा गर्न माग गरेको हो । बैठकका निर्णय बारे जानकारी दिदै एमाले प्रमुख सचेतक ऐन महरले भने- ‘पार्टी उपाध्यक्षलाई गैरकानुनी, गैर न्यायिक र...

गृहमन्त्रीको खानामा माछाको काँडा भेटिएको भनी आएको समाचारप्रति खण्डन

चितवन । गृहमन्त्री सुधन गुरुङको खानामा अखाद्य वस्तु भेटिएको भनी सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आएका भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको छ। आज चितवनस्थित ‘लड्स प्लाजा’ होटलमा खाजा खाने क्रममा गृहमन्त्रीको अमलेटमा माछाको काँडा भेटिएको भनी आएका समाचारमा कुनै सत्यता नरहेको सचिवालयले स्पष्ट पारेको छ। उक्त विषयलाई लिएर विभिन्न माध्यममा आएका समाचारहरू अतिरञ्जित र आधारहीन रहेको...

रास्वपाको बन्द सत्र दिउसो २ बजेदेखि शुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज दिउसो २ बजेदेखि शुरु हुने भएको छ ।  महाधिवेशनको नयाँ कार्यतालिका अनुसार प्रतिनिधि दर्ताको काम बिहान १० बजेदेखि शुरु भएको र २ बजेदेखि बन्द सत्र शुरु हुने भएको हो । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्द सत्रमा अनुशासन आयोगले प्रतिवेदन, वित्तीय प्रतिवेदन प्रस्तुति र छलफल, संगठनात्मक प्रतिवेदन, विधान प्रतिवेदन, अर्थ...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।