एमाले सचिवालय बैठक सुरु, आजै केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, ५ असोज । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज सोमबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

आइतबार निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको सचिवालय बैठकको निरन्तरता स्वरूप आज पुन: बैठक बसेको हो। यो बैठकले आजैदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि छलफलका एजेन्डाहरू तय गर्नेछ।

सचिवालय बैठक सकिएलगत्तै एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे ललितपुरको भैँसीपाटीस्थित रामबाग पार्टी प्यालेसमा बस्नेछ। फागुनमा सम्पन्न निर्वाचनपछि पहिलोपटक बस्न लागेको यस बैठकमा सबै केन्द्रीय सदस्यहरूलाई आफ्नो धारणा राख्ने समय उपलब्ध गराइने तयारी छ।

बैठकमा अध्यक्ष ओलीले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनमा आवश्यक सुझावहरू समेटेर तयार पारिएको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।