Category

राजनीति

र

कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्मा नै किन ?

दिपक बास्तोला/न्युज कारखाना उर्लाबारी, १३ असाेज  । नेपाली कांग्रेसभित्र नेतृत्व पुस्तान्तरण, संगठनको पुनर्संरचना र जनतासँगको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने बहस चलिरहेका बेला डा. सुनिल शर्माको राजनीतिक सक्रियता पनि चर्चामा आएको छ। चिकित्सा क्षेत्रबाट सार्वजनिक जीवनमा आएका शर्मा पछिल्लो समय कांग्रेसभित्र स्पष्ट धारणा राख्ने, संगठनात्मक परिवर्तनको पक्षमा बोल्ने र सामाजिक सेवामार्फत...

महाधिवेशन प्रतिनिधिमा विश्वप्रकाश शर्मालाई करिब ९० प्रतिशत मत

न्युज कारखाना काठमाडौं, १३ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशन क्रममा झापा १ मा भएको क्षेत्रीय अधिवेशनबाट उपसभापति विश्वप्रकाश शर्मा करिब ९० प्रतिशत मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । मतदानमा सहभागी ७१० क्षेत्रीय प्रतिनिधिबाट ६३८ मत प्राप्त गरेर शर्मा विजयी भएका हुन् । झापा १ साविक मेचिी अञ्चलकै कांग्रेसको बलियो आधार क्षेत्रका रूपमा चिनिन्छ । अघिल्लो आम निर्वाचनमा...

क्षेत्रीय अधिवेशन चल्दै गर्दा कांग्रेसको महाधिवेशनको मिति सार्ने तयारी

न्युज कारखाना काठमाडौं, १३ असोज । नेपाली कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत अहिले क्षेत्रीय अधिवेशन धमाधम भइरहेको छ । मंगलबार ६० भन्दा बढी जिल्लामा अधिवेशन जारी छ ।  क्षेत्रीय अधिवेशन चल्दै गर्दा कांग्रेसमा १५औं महाधिवेशनको नयाँ मिति टुंगो लगाउने तयारी भइरहेको छ । केन्द्रीय कार्यालयको टिमको अनौपचारिक बैठक बसेर नयाँ मिति टुंगो लगाउने एक पदाधिकारीले जानकारी दिए । कांग्रेसले १५ औं महाधिवेशनको...

चोलेन्द्र पक्राउबारे रन्जु दर्शनाको टिप्पणी- पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउबारे कानुनी प्रक्रिया र प्रमाणको विषय उठाएकी छन् । दर्शनाले कसुर देखिए कानुनअनुसार पक्राउ गर्न सकिने भए पनि पक्राउको प्रक्रिया विधिसम्मत हुनुपर्ने बताएकी छन् । आरोप मात्र पर्याप्त नहुने भन्दै उनले कसुर पुष्टि गर्ने आधार र प्रमाण आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले अधिकार...

सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो- सांसद ध्रुवराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारले केटाकेटी खेलेको जस्तो काम गरिएको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले पूर्वप्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ बारे केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखिएको टिप्पणी गरेका हुन् । उनले भने- ‘यो केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो गतिवधि भइरहेको छ कि । घरी भरत दाहाल पक्रियो छाडियो । घरी...

चोलेन्द्र प्रक्राउ प्रकरणमा सांसद दुलालको प्रश्न- गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई ?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउबारे सरकारलाई प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बिना पक्राउ पुर्जी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई पक्राउ गरिएको विषयमा प्रश्न गर्दै गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई भन्ने प्रश्न गरेका थिए । उनले भने- ‘यो...

कांग्रेसको महामन्त्रीमा नयाँ समीकरण : सुनील शर्माको चर्चाले तात्यो १५औँ महाधिवेशन

दिपक बास्तोला/तेजन खड्का उर्लाबारी, १२ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व चयनको राजनीतिक रस्साकस्सी तीव्र बन्दै गएको छ। वडा तहदेखि सुरु भएको अधिवेशन प्रक्रिया पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र हुँदै महाधिवेशन प्रतिनिधि छनोटतर्फ अघि बढेसँगै अबको कांग्रेस नेतृत्व कस्तो बन्ने भन्ने बहसले गति लिएको हो। नेपाली कांग्रेसले २०८३ असोज १६ देखि...

प्रहरी नियन्त्रणमा ११ घन्टा बसेका पूर्वप्रधानन्यायाधीश जबराले मागे सुरक्षा

न्युज कारखाना काठमाडौं, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था गरिदिन प्रहरीसमक्ष निवेदन दिएका छन्। शनिबार मध्यराति पक्राउ परेर ११ घन्टापछि रिहा भएका जबराले सोमबार एउटा विज्ञप्ति जारी गर्दै सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसमक्ष निवेदन दिएका हुन् । जबरा पक्राउ परेपछि प्रहरीले ‘सुरक्षा थ्रेट’ नै मुख्य कारण भनेको थियो । जबरा जेनजी...

चोलेन्द्रशमशेर पक्राउ र रिहाइ घटनाले तात्यो प्रतिनिधिसभा बैठक, कसले के भने ?

न्युज कारखाना काठमाडौं, १२ असोज । प्रतिनिधिसभाको सोमबारको बैठकमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाइको विषयले प्रवेश पाएको छ। एमाले प्रमुख सचेतक ऐन महरले सरकारले पूर्वप्रधानन्यायधीश जबरालाई मध्यरातमा गुण्डागर्दी शैलीमा पक्राउ गरिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा उनले राज्य आतंकको बर्बर नमुना प्रस्तुत गरेको आरोप लगाए । ‘बिनाकसुर, बिनाअभियोग पक्राउ गरिएको छ । हामी...

ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा मनोनीत

काठमाडौँ । नेकपा एमालेमा स्थायी कमिटीमा ७ नेतालाई मनोनीत गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेलसहित ७ नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेका हुन् ।

जसमा ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, देवराज घिमिरे, थममाया थापा, लालबाबु पण्डित, काशीनाथ दवाडी, शिवमाया तुम्बाहाम्फे रहेका छन् । 

Post Views: 100 71

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।