Category

राजनीति

प्रधानमन्त्री शाहले जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ ।   छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि...

कांग्रेसले सांसदहरूलाई तोक्यो थप जिल्लाको जिम्मेवारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी तोकेको छ ।  बुधबार बसेको संसदीय दलको बैठकले पार्टीका प्रत्येक सांसदलाई आफ्नो निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी कार्यादेशसहित तोक्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिएकी हुन् । जस अनुसार...

कांग्रेसले सांसदहरूलाई तोक्यो थप जिल्लाको जिम्मेवारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी तोकेको छ ।  बुधबार बसेको संसदीय दलको बैठकले पार्टीका प्रत्येक सांसदलाई आफ्नो निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी कार्यादेशसहित तोक्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिएकी हुन् । जस अनुसार...

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

आज दिउसो १ बजेदेखि बस्ने बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफलको कार्यसुची रहेको समितिले जानकारी दिएको छ । 

बैठक सिंहदरबारस्थित सङ्‍घीय संसद् सचिवालयको महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष बस्ने समितिले जनाएको छ ।

Post Views: 10 0

सुदूरपश्चिम सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।  बुधबार सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बुधवार बसेको संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिएका छन्...

होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ- प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम अघि बढाइरहेको भन्दै होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल संघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न आग्रह गरेका हुन् । प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको...

एसियाली संवादमा सहभागी हुन प्रचण्ड श्रीलंका प्रस्थान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाली क्षेत्रीय स्थायित्व र आर्थिक उत्थानसम्बन्धी अन्तर्राष्ट्रिय संवादमा सहभागी हुन बुधबार श्रीलंका प्रस्थान गरेका छन्। जुलाई १६ देखि १८ सम्म कोलम्बोमा हुने सम्मेलनमा एसियाका विभिन्न देशका कम्युनिस्ट, समाजवादी र प्रगतिशील दलका नेताहरू सहभागी हुनेछन् । सम्मेलनमा क्षेत्रीय शान्ति, आर्थिक संकट, जलवायु...

सुदूरपश्चिममा एमालेका सबै मन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरू भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्...

सरकारमाथि प्रश्न उठ्दा स्टन्टले छोप्ने शैली अब पुरानो भयो- सांसद गीता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले आफूमाथि प्रश्न उठ्दा स्टण्टले छोप्ने शैली पुरानो भएको टिप्पणी गरेकी छन् ।   बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले देशमा निरासा बढिरहेको बेला सरकारमाथि प्रश्न उठेपछि स्टण्टले छोपेर विषयान्तर गर्ने शैली अब पुरानो भइसकेको बताएकी हुन् । उनले भनिन्- ‘आशा विस्तारै निराशामा बदलिँदै छ । देशमा दिनदिनै घटेका घटनाले आशा...

महानिरीक्षक कार्की स्वदेश फिर्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा आयोजित पाँचौँ संयुक्त राष्ट्रसंघ प्रहरी प्रमुख सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले प्रहरी महानिरीक्षक कार्कीलाई स्वागत...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।