काठमाडौं, कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूलाई लक्षित गर्दै कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा सम्बन्धी विशेष व्यवस्था आगामी सोमबारदेखि लागू हुने भएको छ। आर्थिक ऐन, २०८३ अन्तर्गत ल्याइएको उक्त व्यवस्थाले लामो समयदेखि वार्षिक विवरण नबुझाएका, नवीकरण नगरेका वा विभिन्न शीर्षकमा बक्यौता रहेका कम्पनीहरूलाई राहत दिने उद्देश्य राखेको छ। व्यवस्थाअनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका...









