काठमाडौं । जापानले आगामी आर्थिक वर्षका लागि हालसम्मकै ठूलो ८.८९ ट्रिलियन येनको रक्षा बजेट माग गरेको छ । यो रकम करिब ५६ अर्ब अमेरिकी डलर बराबर रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । प्रस्तावित बजेटमा कृत्रिम बुद्धिमत्ता र ड्रोनको प्रयोगमार्फत युद्धका नयाँ तरिकाका लागि तयारी, लामो समयसम्म सैन्य अभियान सञ्चालन गर्न सक्ने क्षमता विस्तार तथा रक्षा उद्योगलाई थप बलियो बनाउने विषयलाई प्राथमिकता दिइएको...










