Category

अन्तर्राष्ट्रिय

ट्रम्पको लोकप्रियता कार्यकालकै न्यून स्तरमा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा लगातार गिरावट देखिएको छ । रोयटर्स र इप्सोसले गरेको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर घटेर ३३ प्रतिशतमा पुगेको छ । यो उनको वर्तमान कार्यकालको सबैभन्दा न्यून स्तर हो । सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकी नागरिकले राष्ट्रपतिका रूपमा ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् भने ३३ प्रतिशतले उनको कामलाई अनुमोदन गरेका छन् ।...

अमेरिकाले इरानविरुद्ध आणविक आक्रमण गर्ने तयारी गरेको ग्रिनको दाबी

ग्रिनको मुख्य दाबी अमेरिकाकी पूर्वसांसद मार्jorie टेलर ग्रिनले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने विषयमा ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय छलफल गरिरहेको दाबी गरेकी छन्। सामाजिक सञ्जाल एक्स (X) मार्फत यो दाबी गर्दै उनले ट्रम्प प्रशासनले इरानविरुद्ध आणविक कारबाहीको सीमा घटाउने दिशामा काम गरिरहेको र गुप्तचर निकायका आन्तरिक मूल्यांकनलाई बेवास्ता...

दक्षिण कोरियाबीचको सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, यस्तो छ कारणv

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुने सैन्य अभ्यास घटाउन रक्षामन्त्री पिट हेगसेथलाई निर्देशन दिएका छन् । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासले उत्तर कोरियालाई गलत र शत्रुतापूर्ण सन्देश दिने बताएका छन् । उनले यस्ता अभ्यासमा अमेरिकाको ठूलो रकम खर्च हुने पनि उल्लेख गरेका छन् । तर दक्षिण...

हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिएको इजरायलको दाबी

काठमाडौँ । इजरायली सेनाले हिजबुल्लाहको ‘बद्र इकाइ’का वरिष्ठ कमान्डर अबु हसन अलालाई मारिएको दाबी गरेको छ । इजरायली सेनाले सामाजिक सञ्जालमार्फत हिजबुल्लाहले इजरायली सैनिकविरुद्ध गर्दै आएका गतिविधिको जवाफमा कारबाही गरिएको जनाएको छ । सेनाका अनुसार हसन अला इजरायली सैनिकविरुद्धका विभिन्न आक्रमणको योजना बनाउने र कार्यान्वयनमा संलग्न थिए । उनले दक्षिणी लेबनानमा इजरायली सैनिकतर्फ विस्फोटक पदार्थ बोकेका...

पश्चिम बंगालका पुर्व सभामुखले पार्टी कार्यालयमा गरे आत्महत्या

कोलकत्ता, ३१ साउन । पश्चिम बंगाल विधानसभाका पूर्व उपसभामुख आशिष ब्यानर्जीको शंकास्पद परिस्थितिमा मृत्यु भएको छ। आइतबार बिहान वीरभूम जिल्लास्थित तृणमूल कांग्रेसको कार्यालयमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। आशिष ब्यानर्जी रामपुरहाटको वडा नम्बर ५ अन्तर्गत हत्तलापाडा क्षेत्रमा बसोबास गर्थे। तृणमूल कांग्रेसको पार्टी कार्यालय उनको घर नजिकै अवस्थित थियो। प्रहरीका अनुसार अगस्ट १६ को बिहान...

भारतकाे बाबाधाममा बस दुर्घटनामा, रौतहटका तीन तीर्थयात्रीको मृत्यु

रौतहट, २९ साउन । बोलबम यात्राका लागि भारतको झारखण्ड पुगेका रौतहटका तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ। गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार बाबाधाम यात्रामा निस्किएको ना।६ ख १५५४ नम्बरको बस शुक्रबार बिहान करिब ३ बजे झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको हो। दुर्घटनामा गरुडा–६ पोठियाहीका ६० वर्षीय नवल किशोर जयसवाल, उनकी श्रीमती सुन्दर बाला देवी र...

जापानमा भारी वर्षापछि बाढी, चार जनाको मृत्यु

काठमाडौँ । जापानको चिबा प्रान्तमा अत्यधिक वर्षापछि आएको बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । एक जना गम्भीर अवस्थामा रहेको अधिकारीहरूले बताएका छन् । भारी वर्षाका कारण सडक, घर तथा तल्लो भूभाग डुबानमा परेका छन् । मौसम अधिकारीहरूले चिबासहित टोकियो आसपासको कान्तो क्षेत्रमा थप भारी वर्षा, पहिरो र नदीमा पानीको सतह बढ्न सक्ने चेतावनी दिएका छन् । चिबा प्रान्तका केही...

विवादित कुरिल टापुमा पुटिनको भ्रमणप्रति जापानको कडा आपत्ति

काठमाडौँ । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले विवादित कुरिल टापुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको पहिलो भ्रमणलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै कडा आपत्ति जनाएकी छन् । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिनले बिहीबार कुरिल टापु शृङ्खलाको इटुरुप टापुको भ्रमण गरेका थिए । जापानले उक्त टापुलाई एतोरोफु नामले चिन्ने गर्दछ र यो जापान तथा रुस दुवैले आफ्नो दाबी गर्ने चार विवादित टापुमध्ये एक...

आर्कटिकमा तनाव बढ्ने पुटिनको चेतावनी

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आर्कटिक क्षेत्रमा बढ्दो तनावप्रति चेतावनी दिँदै उत्तरी समुद्री मार्गमा भारतसहित विभिन्न देशको चासो बढिरहेको बताएका छन् । प्रशान्त बेडाका सैनिकसँगको भेटमा पुटिनले चीन, भारतलगायत देश रुससँग उत्तरी समुद्री मार्गमा सहकार्यका विषयमा सक्रिय छलफलमा रहेको बताए । उनले भारतलाई यस मार्गमा बढ्दो चासो राख्ने प्रमुख देशमध्ये एकका रूपमा उल्लेख गरेका छन् । उत्तरी...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १८५ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १८५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी, कर्णाली र लुम्बिनी प्रदेशमा एक एकको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १८५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ६० जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।