काठमाडौँ । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन अन्त्य गरेका छन् । भारतका केन्द्रीय मन्त्री जगतप्रकाश नड्डा र डा. जितेन्द्र सिंहसँग भएको छलफलपछि उनले गएराती अनशन तोडेको जनाएका छन् । वाङचुकले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार लेह-लद्दाखको शीर्ष नेतृत्वको उपस्थितिमा विभिन्न चरणको लामो वार्तापछि उनले देशमा सम्भावित हिंसात्मक अवस्था टार्ने उद्देश्यले अनशन अन्त्य गर्ने निर्णय...










