‘अन्धविस्वास’ले अर्जेन्टेली राष्ट्रपति विश्वकप फाइनलमा उपस्थित नहुने, घरवाटै हेर्ने

काठमाडौं, ३ साउन । अर्जेन्टिनाका राष्ट्रपति हाभियर माइलीले आज हुने विश्वकपको फाइनल खेलमा उपस्थित नहुने निर्णय गरेका छन्।


अर्जेन्टिनाका राष्ट्रपति माइलीले अन्धविश्वासका कारण आफ्नो देश र स्पेनबीच हुने विश्वकपको फाइनल खेल हेर्न नजाने बताएका छन्। ५५ वर्षीय माइलीले आफू संयुक्त राज्य अमेरिका नजाने र अन्य सबै खेलहरूमा झैँ यसपटक पनि राष्ट्रपतीय निवासबाटै खेल हेर्ने कुरा पुष्टि गरेका छन्।


फ्रान्सलाई हराएर फाइनल चरणमा पुगेको युरोपेली च्याम्पियन टोलीविरुद्ध आइतबार हुने खेल हेर्नुहुन्छ कि भनेर सोधिँदा माइलेलेलाई यसरी जवाफ दिए,  ‘कदापि होइन। म ओलिभोस (पूर्वी अर्जेन्टिनाको एक नगरपालिका) बाटै सबै खेलहरू हेर्नेछु ।’

यो निर्णय अन्धविश्वासका कारण गरिएको हो भन्ने कुरा पुष्टि गरे पछि राष्ट्रपतिले आफ्ना अन्य बानीहरूबारे पनि बताए।

‘चिसो भए पनि म हिटर नबाल्ने भएकाले म एउटा तेल कम्पनीको लोगो भएको ज्याकेट लगाउँछु,’ उनले भने, ‘स्विट्जरल्यान्डविरुद्धको खेलको दिन मलाई त्यसले निकै गर्मी बनायो। मैले त्यो फुकाले अनि उनीहरूले हाम्रो विरुद्ध गोल गरे। त्यसपछि मैले त्यो फेरि लगाएँ र कहिल्यै फुकालिनँ।’

फुटबलको सन्दर्भमा अन्धविश्वास वा विशेष मान्यताहरूलाई पछ्याउने उनी मात्र होइनन्। सन् २०२४ मा प्रशिक्षक लियोनेल स्कालोनीले एक पत्रकारलाई बताए अनुसार उनी सधैं आफ्नो दाहिने खुट्टा टेकेर मात्र मैदानमा प्रवेश गर्छन्।

‘मैले फुटबल खेल्न सुरु गरेदेखि नै यसो गर्दै आएको छु र कहिल्यै छोड्ने छैन,’ उनले भने, ‘खेलको नतिजा जे भए पनि यसले कुनै फरक पार्दैन।’

खेलाडीहरूले पनि आफ्नै किसिमका विशेष परम्परा वा नियमहरू बनाएका छन्। सन् २०२१ मा ब्राजिललाई हराएर २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेयता, लियोनेल मेसी, रोड्रिगो डे पाउल र अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले केही महत्त्वपूर्ण खेलहरू अघि सँगै तस्बिर खिचाउने गरेका छन्।

त्यसयता, उनीहरूले ‘लक्की’ मानिने सोही परम्परालाई निरन्तरता दिँदै सन् २०२२ मा इटालीविरुद्धको ‘फिनालिसिमा’ र सोही वर्ष फ्रान्सविरुद्धको विश्वकप फाइनल अघि पनि तस्बिर खिचाएका थिए र ती दुवै खेलमा उनीहरू विजयी भए।

अर्जेन्टिनाले १९ जुलाईमा मेटलाइफ स्टेडियममा सन् २०२२ को विश्वकप उपाधिको रक्षा गर्ने प्रयास गर्नेछ । उक्त खेल नेपाली समय अनुसार आज राती १२ः४५ बजेवाट सुरू हुनेछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।