Category

खेलकुद

न्यूजील्याण्डविरुद्धको टेस्टमा इङल्याण्डको ११५ रनको जित

काठमाडौँ । इङल्याण्डले न्यूजील्याण्डविरुद्धको टेस्ट जितेको छ । खेलको चौथो दिन २५४ रनको लक्ष्य पछाएको न्यूजील्याण्ड दोस्रो इनिंगमा १३८ रनमा अलआउट भएपछि इङल्याण्डले ३ खेलको सिरिजको पहिलो टेस्ट ११५ रनले जितेको हो । यसअघि इङल्याण्डले यस टेस्टको पहिलो इनिंगमा १४० रन बनाएको थियो भने न्यूजील्याण्डले पहिलो इनिंगमा ११३ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले दोस्रो इनिंगमा २२६ रन बनाएपछि न्यूजील्याण्डलाई २५४...

लंका प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल खेल्ने

काठमाडौँ ।  नेपालका तीन क्रिकेट खेलाडी श्रीलंकाको लंका प्रिमियर लिगमा खेल्ने भएका छन् ।  सोमबार भएको खेलाडी ड्राफ्टमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई जाफ्ना किंग्स तथा कुशल भुर्तेललाई कोलम्बो क्याप्सले टोलीमा लिएका हुन् । सन्दीपलाई २० हजार अमेरिकी डलर तथा दीपोन्द्र र कुशललाई १५ -१५ हजार अमेरिकी डलरमा टिमले लिएका हुन् । यस सिजनको लंका प्रिमियर लिग जुलाई १७ देखि ८...

नेपाली महिला टिम चीनसँग पराजित, एशियन गेम्समा छनौट हुन असफल

काठमाडौं । नेपाली महिला क्रिकेट टिम एशियन गेम्समा छनौट हुन असफल भएको छ । एशियन गेम्स क्वालिफायर्स अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल चीनसँग पराजित भएसँगै एशियन गेम्समा छनौट हुन असफल भएको हो । चीनले नेपाललाई ५ विकेटले पराजित गर्दै एशियन गेम्समा छनौट भएको छ । बर्षाले प्रभावित खेलमा चीनले ७ ओभरमा ४३ रनको लक्ष्य पाएको थियो । त्यो लक्ष्य चीनले ७ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । Post Views: 100...

सुर्यबंशीले तोडे आइपिएलमा क्रिस गेलको किर्तिमान

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को इलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दा सबैको ध्यान १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीमाथि केन्द्रित रह्यो । बिहारका विस्फोटक ब्याटर सूर्यवंशीले यस खेलमा कीर्तिमानी प्रदर्शन गर्दै टी–२० क्रिकेटका महान् ब्याटर क्रिस गेलको ऐतिहासिक कीर्तिमान तोडेका छन् । हैदराबादविरुद्ध आक्रामक ब्याटिङ गरेका सूर्यवंशी एकै संस्करणमा...

मारेस्का बने म्यानचेस्टर सिटीको नयाँ प्रशिक्षक

काठमाडौँ । म्यानचेस्टर सिटीले एन्जो मारेस्कालाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । म्यानचेस्टर सिटीले मारेस्कासँग तीन वर्षको सम्झौता गरेको ब्रिटिश मिडियाहरुले उल्लेख गरेका छन् । उनी पेप ग्वार्डिओलाको स्थानमा नयाँ मुख्य प्रशिक्षक बन्ने भएका हुन् । रिपोर्टअनुसार ग्वार्डिओलाले १० बर्षको आफ्नो कार्यकालबाट बिदाई लिएपछि पूर्व सहायक प्रशिक्षकसमेत रहेका मारेस्कालाई अनुबन्ध गरेको हो । क्लबले यसबारे...

स्पिनर चम्किँदा स्कटल्यान्डमाथि नेपालको सहज जित

लेग स्पिनर सन्दीप लामिछानेको कीर्तिमान बनेको दिन नेपालले आइसिसी विश्वकप लिग–२ को श्रृङ्खलामा स्कटल्याण्डमाथि जित निकालेको छ । घरेलु मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा स्पिनरको बलियो साथ पाउँदा नेपालले स्कटल्याण्डमाथि ६ विकेटको जित निकालेको हो । लिग–२ को अंकतालिकामा शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिका सम्मेलित श्रृङ्खलामा तीन खेलबाट नेपाले यो दोस्रो जित आत्मसात ग¥यो । २७ खेलबाट नेपाल २२ अंक...

टोलीको मेहनतले जित सम्भव भयोः सन्दीप लामिछाने

आइसिसी विश्वकप लिग–२ को शृङ्खलामा स्कटल्याण्डमाथि महत्वपूर्ण जितपछि नेपालका बलर सन्दीप लामिछानेले टोलीको प्रदर्शनप्रति खुशी व्यक्त गर्दै यो जित सम्पूर्ण टोलीको मेहनतको परिणाम भएको बताएका छन् । सन्दीपले नेपाली टोलीले दबाबको अवस्थामा पनि संयमित प्रदर्शन गरेको उल्लेख गरे । खेलाडीले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट योगदान दिएको उनको भनाइ छ । उनले समर्थकहरूको साथले खेलाडीलाई थप प्रेरणा मिलेको पनि बताए ।...

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ, ४ जेठः आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा स्कटल्याण्डले टस जित्दै नेपाललाई पहिले बलिङको निम्तो दिएको छ । खेल बिहान ९ः३० बजे सुरु हुँदैछ । आजको खेलमा नेपाली टोलीमा कुनै पनि परिवर्तन भएको छैन । आजको प्लेइङ–११ मा कुशल भुर्तेल, आशीफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर, २७ वैशाखः कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द हरेक दिन बिहान महेन्द्रनगरस्थित कबर्डहलमा भेटिनुहुन्छ । उमेरले ज्येष्ठ नागरिक भए पनि उहाँको ब्याडमिन्टन खेलप्रतिको जाँगर, मेहनत र मोह भने लोभलाग्दो छ । विसं २०५६ देखि यस खेलमा लागेका चन्द ब्याडमिन्टन ‘कार्ट’ मा नपुगी आफ्नो दैनिकी सुरुआत नै नहुने गरेको बताउनुहुन्छ । “ब्याडमिन्टन एकप्रकारले लत जस्तै भइसक्यो...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ), २७ वैशाखः जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा जारी गण्डकी प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल प्रवेश गरेका छन् । यस्तै महिलातर्फ कास्की र म्याग्दी फाइनल प्रवेश गरेका छन् । व्यास नगरपालिका–३ खुल्लामैदानमा आज बिहान भएको पहिलो सेमिफाइनलमा गोरखालाई हराउँदै पर्वत फाइनल प्रवेश गरेका हो । पर्वतले गोरखालाई ३-० को सोझो सेटमा पराजित गरेको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।