नेपाली महिला टिम चीनसँग पराजित, एशियन गेम्समा छनौट हुन असफल

काठमाडौं । नेपाली महिला क्रिकेट टिम एशियन गेम्समा छनौट हुन असफल भएको छ ।

एशियन गेम्स क्वालिफायर्स अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल चीनसँग पराजित भएसँगै एशियन गेम्समा छनौट हुन असफल भएको हो । चीनले नेपाललाई ५ विकेटले पराजित गर्दै एशियन गेम्समा छनौट भएको छ ।

बर्षाले प्रभावित खेलमा चीनले ७ ओभरमा ४३ रनको लक्ष्य पाएको थियो । त्यो लक्ष्य चीनले ७ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।