टोलीको मेहनतले जित सम्भव भयोः सन्दीप लामिछाने

ट

आइसिसी विश्वकप लिग–२ को शृङ्खलामा स्कटल्याण्डमाथि महत्वपूर्ण जितपछि नेपालका बलर सन्दीप लामिछानेले टोलीको प्रदर्शनप्रति खुशी व्यक्त गर्दै यो जित सम्पूर्ण टोलीको मेहनतको परिणाम भएको बताएका छन् ।

सन्दीपले नेपाली टोलीले दबाबको अवस्थामा पनि संयमित प्रदर्शन गरेको उल्लेख गरे । खेलाडीले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट योगदान दिएको उनको भनाइ छ । उनले समर्थकहरूको साथले खेलाडीलाई थप प्रेरणा मिलेको पनि बताए । स्कटल्यान्डविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण अंक जोडेको छ ।

आगामी खेलहरूमा पनि यही लय कायम राख्ने लक्ष्य रहेको उनी बताउँछन् । नेपालका बलरहरूले स्कटल्यान्डलाई दबाबमा राख्दै नियमित विकेट लिँदा सहज भएको उनले उल्लेख गरे । नेपालको यो जितले लिग–२ मा टोलीको आत्मविश्वास थप बलियो बनाएको सन्दिपले विश्वास व्यक्त गरेका छन् ।

यसै प्रतियोगितामार्फत सन्दीपले एकदिवसीयमा एक सय ५० विकेटको आँकडा पूरा गरेका छन् । अस्ट्रेलियाका मिचेल स्टार्कले ७७ खेलमा यो आँकडा पूरा गरेका थिए । सन्दीपले भने ७३ खेलमै १५० विकेट लिए ।

About the author

Jayanti Shiwakoti

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।