टोलीको मेहनतले जित सम्भव भयोः सन्दीप लामिछाने

आइसिसी विश्वकप लिग–२ को शृङ्खलामा स्कटल्याण्डमाथि महत्वपूर्ण जितपछि नेपालका बलर सन्दीप लामिछानेले टोलीको प्रदर्शनप्रति खुशी व्यक्त गर्दै यो जित सम्पूर्ण टोलीको मेहनतको परिणाम भएको बताएका छन् ।

सन्दीपले नेपाली टोलीले दबाबको अवस्थामा पनि संयमित प्रदर्शन गरेको उल्लेख गरे । खेलाडीले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट योगदान दिएको उनको भनाइ छ । उनले समर्थकहरूको साथले खेलाडीलाई थप प्रेरणा मिलेको पनि बताए । स्कटल्यान्डविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण अंक जोडेको छ ।

आगामी खेलहरूमा पनि यही लय कायम राख्ने लक्ष्य रहेको उनी बताउँछन् । नेपालका बलरहरूले स्कटल्यान्डलाई दबाबमा राख्दै नियमित विकेट लिँदा सहज भएको उनले उल्लेख गरे । नेपालको यो जितले लिग–२ मा टोलीको आत्मविश्वास थप बलियो बनाएको सन्दिपले विश्वास व्यक्त गरेका छन् ।

यसै प्रतियोगितामार्फत सन्दीपले एकदिवसीयमा एक सय ५० विकेटको आँकडा पूरा गरेका छन् । अस्ट्रेलियाका मिचेल स्टार्कले ७७ खेलमा यो आँकडा पूरा गरेका थिए । सन्दीपले भने ७३ खेलमै १५० विकेट लिए ।

About the author

Jayanti Shiwakoti

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।