Category

राष्ट्रिय समाचार

मोटरसाइकल दुर्घटनामा घाइते एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार बिहान करिब ८: १५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ३ प ५२७४ नम्बरको मोटरसाइकलले डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्नालाई ठक्कर दिएको थियो । ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको छ र उनको स्थानीय...

गरिमाको अन्त्येष्टि

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका- १ की तीन वर्षीया बालिका गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ । बलात्कारपछि हत्या गरिएकी गरिमाको आइतबार कलैया उपमहानगरपालिका–१४, बघवनस्थित पसाहा खोलामा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । यसअघि शनिबार राति गृह मन्त्रालयमा सरकार र गरिमाका अभिभावकबीच तीनबुँदे प्रतिबद्धता भएपछि गरिमाका बुवा मनोज चौधरीले आइतबार प्रादेशिक अस्पताल कलैयाबाट...

काठमाडौँमा होस्टल संचालन गर्न २१ मापदण्ड तोकियो, पुरा गर्न एक महिनाको समय

काठमाडौँ । काठमाडौँ जिल्लाभित्र निजी रूपमा सञ्चालन भइरहेका छात्रावास( होस्टल) मा विद्यार्थीमाथि दुर्व्यवहार, बढी शुल्क असुली, कमजोर पूर्वाधार तथा सरसफाइ र खानपानमा लापरवाही भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालकलाई एक महिनाभित्र आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । कार्यालयका अनुसार छात्रावासमा विद्यार्थीलाई मानवीय व्यवहार नगर्ने, यातना दिने, तोकिएको शुल्कभन्दा बढी रकम लिने...

लिच्छविकालीन नित्यनाथ मन्दिरको पुनःनिर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँको ग्वलः दे नवाली टोलमा लिच्छविकालीन ‘नासः द्यः छेँ’ अर्थात् नित्यनाथ मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एक समारोहबीच मन्दिरको उद्घाटन गरेकी छन् । करिब २ करोड २७ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको तीनतले मन्दिरको पहिलो तलामा सन्ध्या पुस्तकालय सञ्चालन हुनेछ भने दोस्रो तला सामाजिक कार्य तथा परम्परागत बाजागाजा...

कलैयाबाट हराएकी दुई बर्षिय बालिका करिब १२ घण्टापछि सकुशल फेला

बारा । बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझदेखि सम्पर्कविहीन भएकी २ वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन् ।  मुकेश मण्डलकी छोरी बिन्दीलाई कलैया उपमहानगरपालिका–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा करिब १२ घण्टापछि स्थानीय एक महिलाले फेला पारेकी हुन् ।  बालिका हराएको सूचना पाएपछि प्रहरीले कुकुरसहित लिएर खोजी अभियान तीव्र बनाएको...

रुकुम पश्चिममा ईभी गाडीको ठक्करबाट आमा र छोरीको मृत्यु

बुटवल । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८ एकान्तमा ईभी गाडीको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ । शौचालय जानको लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माईक्रो बसले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा बिहान ९:३० बजे मृत्यु भएको र घटनाको...

विदेशमा रहेका नेपालीले नेपाली दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्नसक्ने

काठमाडौं । विदेशमा रहेका नेपालीले अबदेखि नेपाली दूतावासबाट नेपाल सरकारले जारी गरेको सवारी चालक लाइसेन्स प्रमाणीकरण गर्नसक्ने भएका छन् । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सूचना जारी गर्दै विदेशमा रहेका नेपाली नागरिकहरूले नेपाल सरकारबाट जारी भएको सवारी चालक अनुमतिपत्रको प्रमाणीकरण सेवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट लिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारी दिएको हो ।...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १११ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १११ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णालीमा २, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १११ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २४ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १५ जना घाइते...

वीरगन्जको सुधार गृहबाट लागुऔषध कसुरका दाेषी किशाेर फरार

पर्सा, ६ भदौ। वीरगन्ज महानगरपालिका–४ विर्तास्थित बाल सुधार गृहबाट लागुऔषधसम्बन्धी कसुरमा सजाय भोगिरहेका १७ वर्षीय किशोर फरार भएका छन्। प्रहरीका अनुसार ती किशोर गत मंगलबार बिहान करिब साढे ५ बजे सुधार गृहको पछाडिपट्टिको झ्यालबाट हाम फालेर फरार भएका हुन्। उनी फरार भएको चार दिन बितिसक्दा पनि प्रहरीले फेला पार्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले किशोर फरार...

काठमाडौंको शंखमुलस्थित होस्टलमा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु

काठमाडौँ । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ । दाङको घोराही उपमहानगर- १७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगर- ३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए । घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।