गरिमाको अन्त्येष्टि

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका- १ की तीन वर्षीया बालिका गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ ।

बलात्कारपछि हत्या गरिएकी गरिमाको आइतबार कलैया उपमहानगरपालिका–१४, बघवनस्थित पसाहा खोलामा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

यसअघि शनिबार राति गृह मन्त्रालयमा सरकार र गरिमाका अभिभावकबीच तीनबुँदे प्रतिबद्धता भएपछि गरिमाका बुवा मनोज चौधरीले आइतबार प्रादेशिक अस्पताल कलैयाबाट शव बुझेका थिए । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।