Category

राष्ट्रिय समाचार

माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ । विहिबार बिहान बाटो काट्ने क्रममा सु.प.प्र.०१–००१ ख ४०८५ नम्बरको माइक्रोबसले ठक्कर दिँदा स्वस्तिका न्यौपाने घाइते भएकी थिइन्। उनको उपचारका क्रममा बिहान ११: ०७ बजे टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले माइक्रोबस चालक प्रताप चौधरीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप...

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान कुँवरप्रति श्रद्धाञ्जली

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति सशस्त्र प्रहरी बल, नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । विपद्को समयमा नागरिकको जिउधनको सुरक्षाका लागि अग्रपंक्तिमा खटिएका कुँवरलाई भदौ १० गते आएको बाढीले बगाएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१, बरफेदीस्थित कुँवरको...

भोटेकोशी बाढीपछि अहिलेसम्म १२५२ जनाको शव भेटियो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १२५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२५२ जनाको शव फेला परेको हो । जसमा रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८  र नवलपरासी पश्चिममा २०८ जनाको शव फेला परेको छ । अहिलेसम्म ९५ शव सनाखत...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १०४ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १०४ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, सुदूरपश्चिम र कोशी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १०४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २६ जना घाइते भएका छन् भने कोशीमा २० जना...

कृष्णभीरमा सडकको ट्रयाक खोल्न रुख कटान शुरु

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोपछि सडकको नयाँ ट्रयाक खोल्न रुख कटानको काम शुरु भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार सडक खोल्न दुवैतर्फबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको छ । साथै सडक  खोल्न आवश्यक निर्माण उपकरणसमेत सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जानकारी दिएको छ । रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी...

चीनले तेस्रो चरणको राहत सामग्री पठाउदै

काठमाडौं । चीन सरकारले नेपालका आवश्यकताअनुसार चीनले तेस्रो चरणको राहत सामग्री पठाउने तयारीसमेत गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले तेस्रो चरणको राहत सामग्री पठाउने तयारी गरेको जानकारी दिएका हुन् । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जियाकुनले तेस्रो चरणमा बेलिब्रिज, शव राख्ने बाकस, रोग नियन्त्रणसम्बन्धी सामग्री र आपत्कालीन सञ्चार उपकरणलगायत...

हदबन्दीमा परेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा हदबन्दीका कारण सार्वजनिक प्रयोजनका लागि छुट्याइएको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार साविक भुजौली गाउँ पञ्चायत–९(ख) का विभिन्न कित्ता नम्बरको जग्गा तत्कालीन जग्गाधनी स्वर्गीय सुर्जा मिश्राइनले विसं २०२२ मै हदबन्दीमा परेको भन्दै कालीजी मन्दिरलाई दान गरेकी...

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३३ वर्षीय यज्ञबहादुर तामाङ र काठमाडौं महानगरपालिका–४ बस्ने ३० वर्षीय सुजेन घर्तीमगर रहेका छन्। तामाङले मलेसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ तथा घर्तीमगरले हंगेरी पठाइदिन्छु भन्दै तीन जना पीडितबाट...

जलविद्युत आयोजनाका सुरुङमा उद्धार बारे विद्युत प्राधिकरणले के भन्यो ?

काठमाडौं । जटिल भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद नेपाल विद्युत् प्राधिकरणले बाढी तथा पहिरोमा परेका आफ्ना कर्मचारी र कामदारको खोज तथा उद्धार कार्यलाई चौबीसै घण्टा निरन्तरता दिएको जनाएको छ । प्राधिकरणका अनुसार त्रिशूली नदीमा ढुंगा, बालुवा र माटो थुप्रिएर पानीको सतह बढेका कारण विद्युत् आयोजनाका संरचना पुरिएका छन्। पावर हाउससम्म पुग्ने बाटो निर्माणका क्रममा ठूला ढुंगा भेटिएपछि विस्फोट गराएर...

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

काठमाडौं । पर्वत र धादिङमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पर्वतमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कुश्मा नगरपालिका–९ बस्ने ४१ वर्षीय श्रीप्रसाद राई पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। त्यस्तै, धादिङमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।