वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३३ वर्षीय यज्ञबहादुर तामाङ र काठमाडौं महानगरपालिका–४ बस्ने ३० वर्षीय सुजेन घर्तीमगर रहेका छन्।

तामाङले मलेसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ तथा घर्तीमगरले हंगेरी पठाइदिन्छु भन्दै तीन जना पीडितबाट ५ लाख रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।