Category

राष्ट्रिय समाचार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको जानकारी दिएको छ । हाल देशभरमा साधारणतया बादल लागेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा...

मुख्य राजमार्गमा वर्षाको प्रभाव : ६ सडक पूर्ण अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार हाल ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने ६ स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । कोशी प्रदेशमा तीन स्थानमा सडक प्रभावित भएका छन् । भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ । इलाम...

पार्किङमा राखिएको ट्याक्टर गुडेर दुर्घटना, बालकको मृत्यु

बुटवल । प्युठानको नौबहिनी गाउँपालिका–०५ डामृ स्थित रोकी राखिएको ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् । प्रहरीका अनुसार भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासी ब्याक भई करिब ४०० मिटर तल खस्दा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । साथै, सोही स्थानका रिमबहादुर बुढाका ७ वर्षीय...

भेटियो ध्रुवे हात्ती, रेडियो कलर जडान

चितवन । निरन्तर खोजी तथा अनुगमनपछि चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्ती फेला परेको छ ।  निकुञ्जभित्र सुखीभार पोस्ट नजिक ध्रुवे हात्ती फेला परेपछि गएराती विशेषज्ञ टोलीले ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो । यस्ले नियमित निगरानी गरिने,बस्ती आउनु अगावै जानकारी गराउने छ ।   रेडियो कलरमार्फत हात्तीको अवस्थिति र गतिविधिको जानकारी छोटो–छोटो अन्तरालमा प्राप्त हुने भएकाले...

आज विश्व सर्प दिवस मनाइदै: संरक्षण र जनचेतनामा जोड

काठमाडौँ । आज विश्व सर्प दिवस मनाइँदैछ । हरेक वर्ष जुलाई १६ मा मनाइने यस दिवसको उद्देश्य सर्पको संरक्षण, वातावरणीय सन्तुलनमा यसको भूमिकाबारे जनचेतना फैलाउनुका साथै सर्पदंशबाट बच्ने उपायबारे जानकारी गराउनु हो । विश्व सर्प दिवस सन् १९७० को दशकदेखि मनाउन थालिएको हो । विश्वमा तीन हजार पाँच सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन् । सर्पप्रतिको अनावश्यक डर र भ्रम हटाउँदै तिनको संरक्षणमा सबैको ध्यानाकर्षण...

काठमाडौँ उपत्यकामा अस्तव्यस्त रहेका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटलगायतका तार व्यवस्थित गर्न छलफल

काठमाडौं । काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटलगायतका तार व्यवस्थापनलाई अब निश्चित समय सीमाभित्र टुंग्याउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा बुधबार ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले सम्बन्धित सबै निकायलाई समय सीमाभित्र अव्यवस्थित तार...

गौरको बरहवा तालमा सेल्फी प्वाइन्ट उद्घाटन, पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

रौतहट, ३१ असार। रौतहटको सदरमुकाम गौर नगरपालिका–५ स्थित ऐतिहासिक बरहवा तालमा निर्माण गरिएको आकर्षक सेल्फी प्वाइन्ट उद्घाटन गरिएको छ।  पर्यटन विकास कार्यालय रौतहटको पहलमा निर्माण गरिएको उक्त संरचनाले गौरको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सेल्फी प्वाइन्टको औपचारिक उद्घाटन गरिएको हो।...

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

इलाम, ३१ असार । जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन। ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका–३ बस्ने ३२ वर्षीय राज कुमार मगर र झापा कमल गाउँपालिका-५ घर भएका ५३ वर्षीय डिल्ली प्रसाद दुलाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । चुलाचुली गाउँपालिका–५ शिखर कटेरी बस्ने ६० वर्षीय पाराङ तामाङ, राज कुमार र डिल्ली प्रसादले ती बालिकालाई जबरजस्ती करणी...

इलाममा कार्यरत इन्जिनियर ६ लाख घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । इन्जिनियर डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि लिएको ६ लाख घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । अख्तियारले खड्कालाई घुस लिइसकेको अवस्थामा दमक नगरपालिका-१ स्थित खाजा घरबाट नियन्त्रणमा लिई थप...

जबरजस्ती करणी गरेको अभियोगमा इलामबाट पक्राउ

इलाम । इलाममा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका-३ बस्ने ३२ वर्षीय राज कुमार मगर र झापा कमल गाउँपालिका-५ घर भएका ५३ वर्षीय डिल्ली प्रसाद दुलाललाई प्रहरीले पक्राउ गरेको छ । चुलाचुली गाउँपालिका-५ शिखर कटेरी बस्ने ६० वर्षीय पाराङ तामाङ, राज कुमार र डिल्ली प्रसादले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले उनीहरू...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।