आज विश्व सर्प दिवस मनाइदै: संरक्षण र जनचेतनामा जोड

काठमाडौँ । आज विश्व सर्प दिवस मनाइँदैछ । हरेक वर्ष जुलाई १६ मा मनाइने यस दिवसको उद्देश्य सर्पको संरक्षण, वातावरणीय सन्तुलनमा यसको भूमिकाबारे जनचेतना फैलाउनुका साथै सर्पदंशबाट बच्ने उपायबारे जानकारी गराउनु हो ।

विश्व सर्प दिवस सन् १९७० को दशकदेखि मनाउन थालिएको हो । विश्वमा तीन हजार पाँच सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन् । सर्पप्रतिको अनावश्यक डर र भ्रम हटाउँदै तिनको संरक्षणमा सबैको ध्यानाकर्षण गराउनु यस दिवसको मुख्य उद्देश्य हो । सर्पले मुसा तथा अन्य हानिकारक जीव खाएर कृषि उत्पादन र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।

नेपालमा पनि विभिन्न प्रजातिका सर्प पाइन्छन् । तीमध्ये गोमन र करेतजस्ता केही सर्प अत्यन्त विषालु भए पनि अधिकांश सर्प विषरहित छन् । हरेक वर्ष नेपालमा हजारौँ मानिस सर्पदंशबाट प्रभावित हुने भएकाले जोखिम न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

नेपालमा नाग पञ्चमीका अवसरमा सर्पको पूजा गर्ने सांस्कृतिक परम्परा पनि रहेको छ । विज्ञहरूले सर्पलाई अनावश्यक रूपमा मार्नेभन्दा सुरक्षित दूरी कायम गर्दै संरक्षण गर्न र सर्पले टोकेमा तत्काल स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन आग्रह गरेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।