जबरजस्ती करणी गरेको अभियोगमा इलामबाट पक्राउ

इलाम । इलाममा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका-३ बस्ने ३२ वर्षीय राज कुमार मगर र झापा कमल गाउँपालिका-५ घर भएका ५३ वर्षीय डिल्ली प्रसाद दुलाललाई प्रहरीले पक्राउ गरेको छ ।

चुलाचुली गाउँपालिका-५ शिखर कटेरी बस्ने ६० वर्षीय पाराङ तामाङ, राज कुमार र डिल्ली प्रसादले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले उनीहरू मध्ये राज कुमार र डिल्ली प्रसादलाई पक्राउ गरेको हो । 

प्रहरीले हाल फरार पाराङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्‍यक अनुसन्धान गरिरहेको जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।