इलाम, ३१ असार । जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन।
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका–३ बस्ने ३२ वर्षीय राज कुमार मगर र झापा कमल गाउँपालिका-५ घर भएका ५३ वर्षीय डिल्ली प्रसाद दुलाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चुलाचुली गाउँपालिका–५ शिखर कटेरी बस्ने ६० वर्षीय पाराङ तामाङ, राज कुमार र डिल्ली प्रसादले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले उनीहरू मध्ये राज कुमार र डिल्ली प्रसादलाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार पाराङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

