Author

Srijana Puri

S

गौथली बन्यो सर्बाधिक कमाइ गर्ने दोस्रो चलचित्र, २३ करोड बढी आम्दानी

काठमाडौं, २ भदौं। कमल रिजालको चलचित्र ‘गौथली’ले अप्रत्याशित रूपमा सफलता हासिल गरिरहेको छ । कमल रिजालको निर्देशनमा बनेको सो फिल्मले ‘पुर्णबहादुर सारङ्गी’ पछि सर्बाधिक कमाउने चलचित्र बनेको हो ।  जसअनुसार गौथलीले गत आइतवार रातीसम्म २३ करोड ५५ लाख १२ हजार ५०२ कमाएको छ भने यसै साता चलिरहेको अर्को चलचित्र हलीले २१ लाख ७७ हजार ६० कमाउन सफल भएको छ।  साथै, कमला भने २ लाख ६१ हजार ८४५मा सिमित भएको...

न्यायाधीश चढेको स्कारपियो दुर्घटना, ६ जना घाइते

हेटौडा । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मंगलबार बिहान करिब ७ बजे प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र पाँच जनाको...

ट्रम्पको लोकप्रियता कार्यकालकै न्यून स्तरमा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा लगातार गिरावट देखिएको छ । रोयटर्स र इप्सोसले गरेको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर घटेर ३३ प्रतिशतमा पुगेको छ । यो उनको वर्तमान कार्यकालको सबैभन्दा न्यून स्तर हो । सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकी नागरिकले राष्ट्रपतिका रूपमा ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् भने ३३ प्रतिशतले उनको कामलाई अनुमोदन गरेका छन् ।...

विवादका बिच महाधिवेशनको तयारीमा काँग्रेस, निर्वाचन अधिकृतलाई प्रशिक्षण दिइँदै

काठमाडौँ । पार्टीमा विवाद कायमै रहेका बेला नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ केन्द्रीय महाधिवेशनको तयारी शुरु गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गराउन तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ । महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा...

आज सुनचाँदीको मुल्य कति छ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य स्थिर रहदै तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुन तोलाको ३ लाख ६ हजार ८ सयमा नै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४७५५ मा कारोबार भइरहेको छ...

सभामुखले भन्दैमा टाउको हल्लाएर बस्दिन- आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले संसदमा सभामुखले भन्दैमा आफु हस भन्दै टाउको हल्लाएर नबस्ने बताएकी छन् । आफूलाई ‘मर्यादामा बस्न’ सभामुखले दिएको निर्देशनप्रति टिप्पणी गर्दै सांसद तामाङले मर्यादा भनेको सभामुखले जे भन्नु हुन्छ हस भनेर टाउको हल्लाएर कदापि स्वीकार्य नहुने बताएकी हुन् । उनले सभामुखले भनेको कुरा मानेर मात्र बस्नु नै ‘मर्यादा’ नभएको बताउँदै जनताका मुद्दामा...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, ११० जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा ३ जना, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिममा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३१ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १४ जना घाइते...

शिक्षामन्त्री पोखरेलसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र युरोपेली सङ्घबीचको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य विस्तारका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि शिक्षा ऐन र प्राविधिक...

विद्युत् खपत बढाउन र निर्यात विस्तार गर्न ऊर्जामन्त्री श्रेष्ठको जोड

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले घरायसी उपभोक्तालाई सहुलियत दरमा भरपर्दो विद्युत् उपलब्ध गराउँदै उत्पादनमूलक उद्योगलाई स्थिर दरमा विद्युत् दिने सरकारको प्रयास रहेको बताए। उनले वर्षायाममा बढी हुने विद्युत्को...

९९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन्: नैनसिंह महर

नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट र विभाजनको पक्षमा नभई एकताबद्ध कांग्रेसको पक्षमा रहेको बताएका छन्। सामाजिक सन्जाल फेसबुकबाट आफ्नो धारणा राख्दै महरले कांग्रेसलाई अहिले “संस्थापन वा विस्थापन” तथा “इतर वा भितर” जस्ता गुटगत घेराभन्दा माथि उठाएर हेर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, “कांग्रेसका अधिकांश नेता–कार्यकर्ताको भावना पार्टी विभाजन...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।