काठमाडौं, १० भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी र त्रिशुलीको बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ संस्थालाई अनुरोध गरेका छन् ।
उनले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अनुरोध गरेका छन् ।
राष्ट्रपति पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका हुन ।
उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान गरेका छन ।
साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उनको आग्रह रहेको छ ।

