प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नउत्तरको कायर्क्रम नहुने

काठमाडौँ । प्रतिनिधि सभाको आजको वैठककमा प्रधानमन्त्री बालेन्द्र शाहको प्रश्नउत्तरको कायर्क्रम नहुने भएको छ । 

भोटेकोशीमा आएको बाढीका कारण आजको प्रतिनिधि सभाको बैठक छोटो गरिने भएको हो । आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले बोल्ने र गृहमन्त्री सुदन गुरुङले बाढी बारे संसदमा जानकारी दिने कार्यसूची तय भएको छ । 

त्यस्तै यसअघि तय भएका प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने सहितका कार्यसूची आजको बैठकबाट हटाइएको छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।