भोटेकोशी, त्रिशुली र नारायणीको तटीय क्षेत्रवाट बाहिरन सरकारको अपिल

काठमाडौं, १० भदौं। सरकारले भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीको जोखिम कम गर्न सरकारले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआउँदासम्म यी नदीका तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट बच्न आग्रह गरेको हो।

बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ र बाढी आउन सक्ने सम्भावित क्षेत्रमा नबस्न पनि आग्रह गरिएको छ। 

सुचनामा उल्लेख भए अनुसार पृथ्वी राजमार्ग, गल्छी नुवाकोट, रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ नारायणगढ सडक खण्डहरूमा यात्रा नगर्न र आवतजावत पूर्ण रूपमा रोक्न स्थानीय तह र प्रशासनलाई अनुरोध गरिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।