तेजन खड्का काठमाडौं, ५ भदौं । नेपाली चलचित्रमा ‘सुपरस्टार’को पहिचान बनाएकी अभिनेत्री रेखा थापाको आज जन्मदिन। अभिनय यात्राको दुई दशकभन्दा लामो समय पार गरिसकेकी रेखा नेपाली चलचित्रकी ती अभिनेत्रीमध्ये एक हुन्, जसले पर्दामा आफ्नो छुट्टै प्रभाव छाड्न सफल भएकी छन्। जन्मदिनको अवसरमा रेखालाई चलचित्रकर्मी, सहकर्मी कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन्। उनलाई...










