नेपाल ए ले तासमानियालाई दियो १९३ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए टिमले अस्ट्रेलियाको तासमानिया टिमलाई १९३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले ४३.३ ओभरमा अल आउट हुदै १९२ रन बनाएको हो । 

नेपाल ए का लागि तृतराज दासले सर्बाधिक ३७ रन बनाए भने मयन यादवले ३२, कुशल मल्लले २९, पवन सराफले २२, दिपक प्रसाद डुम्रेले १८, कुशल भुर्तेलले १२  र कप्तान अनिल कुमार शाह र लोकेश बमले ११ रन बनाएका थिए ।

त्यस्तै तासमानियाका बलर बिली स्टानलेकले ४ विकेट लिएका थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।