काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा पुगेको क्षति तथा यसको प्रभाव मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र अहिले उच्च जोखिममा रहेकाले सम्भावित मानवीय तथा भौतिक...









