महाधिवेशन एक दिन पनि, एक घण्टा पनि सर्दैन- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन् ।

उनले भने- महाधिवेशनका बारेमा तिथिमिति केहि सर्छकी फेरी तलमाथि पर्छ की भनेर केहि साथीहरु अल्मलिएको पाए, हामी संबिधानले पनि बाधिएका छौं, पार्टीको विधानले पनि बाधिएका छौं, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बाधिएका छौं । एक दिन पनि एक घण्टा पनि यसको तिथि मिति तलमाथि सर्दैन ।’ 
सभापति थापाले कार्यक्रममा वरिष्ठ नेताहरुले युवाहरु पार्टीको नेतृत्व आएपछि सहयोगी हुनुपर्ने बताउदै सुजाता कोइरालाले त्यो भूमिका निभाइरहेको बताए ।

सभापति थापाले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले लिएको खुला र उदार अर्थतन्त्रको नीति लिएका कारण अहिले नेपाल यतिको स्थानमा आएको बताउदै त्यस बारेमा फाउन्डेसनले अध्ययन गरेर अगाडी ल्याउनुपर्ने बताए । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व सुजाता कोइरालाले डा. सुनिल शर्मालाई हस्तान्तरण गरेकी छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।