प्रहरी महानिरीक्षक कार्कीलाई बर्खास्त गर्न सांसद खगेन्द्र सुनारको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले महानिरीक्षक कार्कीविरुद्ध अख्तियार र सार्बजनिक लेखा समितिमा भ्रष्टाचारको उजुरी परेको भन्दै सरकारले किन बचाएको छ भन्दै प्रश्न गरेका हुन् ।

उनले भनेका छन्- सामान्य आरोपको भरमा तीन जना मन्त्री बर्खास्तमा पर्नुभएको छ । तर करोडौं करोड भ्रष्ट्राचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलगायत र उनको श्रीमती लगायतको ठुलो अधिकारी माथि यो आरोप लागेको छ । करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीदेखि अख्तियारदेखि सार्बजनिक लेखा समितिमा उजुरीको चाङमाथि चाङ खापिदै गएको छ । तल्लो दर्जाका प्रहरीहरुको जुत्ता मोजा खाइदिएको आरोप उनलाई लागेको छ ।’

सांसद सुनारले सरकार उनलाई बर्खास्त किन गरेको छैन भन्ने प्रश्न गर्दै भने- ‘उनीमाथि छानबिन किन भैरहेको छैन, के कारणले उनलाई बचाइराखिएको छ, यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।