Author

Srijana Puri

S

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ९० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११९ दिनका लागि ९० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पाँच पदमा नियुक्ति

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष,रजिस्ट्रार,दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही,स्कुल अफ मेडिसिनको डीनमा डा.आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा.सन्तवीर महर्जन नियुक्त भएका हुन् । नवनियुक्त पदाधिकारीहरूले आज मन्त्रालयमा...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराहन्न १२: १५ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भोटेकोशीमा आएको बाढीले ठुलो धनजनको क्षति भएको प्रारम्भिक अनुमानपछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को  बैठक बोलाएका हुन् । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ...

भोटेकोशी बाढी: कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा लाग्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा बाढीका कारण पानीको बहाव बढेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । ओलीले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारमा बसोवास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न अपिल गरेका छन् । उनले नेकपा एमालेका पार्टी समिति, जनसंगठन तथा स्वयंसेवकलाई स्थानीय प्रशासन र...

भोटेकोशी बाढीका कारण ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिरियो

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजना र २५ मेगावाट क्षमताको सौर्य आयोजना गरी कुल ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ । बाढीका कारण ४०५ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । यससँगै २५ मेगावाट क्षमताको सौर्य आयोजना पनि प्रणालीबाट बाहिरिएको जनाइएको छ । बाढीबाट प्रभावित आयोजनाको अवस्था तथा विद्युत् उत्पादनमा परेको प्रभावबारे...

भोटेकोशी बाढी: त्रिशूली तटीय क्षेत्र खाली गर्न आग्रह

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी धादिङको गल्छी आसपास पुगेको छ । अबको केही घण्टामा बाढी मुग्लिन पार गर्ने क्रममा रहेकाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट सडक तथा त्रिशूली नदीको छेउछाउमा रहेका बस्ती र बजार क्षेत्रमा उच्च...

भोटेकोशी बाढी: उद्धार र राहतकालागि दुई हेलिकप्टर परिचालन, प्रधानमन्त्रीले बोलाए बैठक

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ । बाढीबाट प्रभावित तथा जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। बाढीबाट थप प्रभावित हुनसक्ने क्षेत्रका नागरिकलाई पनि सुरक्षित स्थानमा जान निरन्तर सूचना प्रवाह भइरहेको सरकारले...

भोटेकोशीमा बाढीपछि धादिङ प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

धादिङ । चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । रसुवा जिल्ला प्रशासन कार्यालयबाट भोटेकोशी नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएको जनाउँदै धादिङ प्रशासनले त्रिशूली नदीको बहाव बढ्न सक्ने र विपद्को जोखिम हुनसक्ने भएकाले नदीमा माछा मार्ने तथा अन्य काम...

काठमाडौँबाट बाहिरिएका सवारी साधन गल्छीमा रोकियो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी धादिङको गल्छी आसपास पुगेपछि काठमाडौँबाट बाहिरिएका सवारीसाधन गल्छीमा रोकिएका छन् । सडकमा रहेका सवारीसाधनलाई अग्लो तथा सुरक्षित स्थानमा रोकिएपछि काठमाडौँ–मुग्लिन सडकखण्ड ठप्प भएको छ । भोटेकोशीको बाढी अबको केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको भन्दै त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।...

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक सयले घटेर तोलाको ३ लाख २२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले बढेर तोलाको ४९७५ मा कारोबार भइरहेको छ ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।