काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४५ कम्पनिका एक करोड २० लाख ८९ हजार ७०९ कित्ता शेयर ४ अर्ब ३६ करोड १ लाख ५९ हजार ४८७ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर १०.५३ प्रतिशतले बढेको छ भने अभियान लघुवित्तको शेयर १०.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मल्टीपर्पोज फाइनान्सको शेयर ५.७१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी लिबर्टी इनर्जीको ३६ करोड ६६ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।

