भोटेकोशी बाढीपछिको स्पष्ट पुनर्निर्माण योजना ल्याउन बर्षामान पुनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता बर्षमान पुनले भोटेकोशी बाढीपछिको स्पष्ट पुनर्निर्माण योजना ल्याउन माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित जनतालाई राहत, उद्धारसहित उनीहरुको दिर्घकालिन व्यवस्थापनको खाका प्रस्तुत गर्न माग गरेका हुन् ।

उनले बाढी प्रभावित निजी क्षेत्रलाई उचित क्षतिपुर्तिको घोषणा गर्न माग गर्दै प्रभावितका लागि सुरक्षित आवासको व्यवस्था गर्न समेत माग गरेका छन् । उनले जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय समुदायलाई बुझाउने र न्यायपूर्ण क्षतिपूर्तिको माग गर्नुपर्ने बताउदै हिमाली जोखिमको मुल्यांकन वैज्ञानिक रुपले गर्नुपर्ने बताए ।

सांसद पुनले राष्ट्रिय जलवायु र विपद कोष स्थापना गर्न माग गर्दै उनले विपद पछिको राहत र उद्धारका लागि स्रोत सुनिश्चित गर्न माग गरेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।