Author

Srijana Puri

S

बाढीपीडितका लागि मधेस प्रदेशका सांसद र कर्मचारीको १५ दिनको तलब कट्टा गर्न माग

सञ्जय मिश्रा रौतहट, १६ भदौ । रसुवा जिल्लामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मधेस प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टीले सांसद, स्वकीय सचिव तथा प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीको १५ दिनको तलब कट्टा गर्न माग गरेको छ। नेपाली कम्युनिस्ट पार्टी मधेस प्रदेशसभा संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराई ‘समीर’ले सोमवार प्रदेशसभा सचिवलाई पत्र पठाउँदै आफ्नो दलका...

कर्णालीका सांसदले भोटेकोशी बाढी पीडितका लागि रकम जम्मा गर्ने, प्रदेश सरकारले अहिले निर्णय गर्दै

सुर्खेत, १६ भदौ। कर्णाली प्रदेश सभाका सांसदले भोटेकोशी बाढी पीडितका लागि राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। ४० सदस्य रहेको कर्णाली प्रदेश सभामा नेपाली कम्युनिष्ट पार्टीले १५ दिनको तलब बराबरको रकम जम्मा गरेको छ। नेकपाका १३ जना सांसदबाट तीन लाख २६ हजार रुपैंया जम्मा गरिएको प्रमूख सचेतक कृष्ण जिसिले जानकारी दिए। भोटेकोशी बाढीपीडितका लागि कर्णालीका...

पर्सा हुँदै भारतमा गाँजाको ‘ओपन रुट’ : मोटरसाइकलदेखि स्कर्पियोसम्म, ४ नेपाली पक्राउ

सञ्जय मिश्रा रौतहट, १६ भदौ । नेपालबाट भारततर्फ हुने गाँजा तस्करीको ‘रुट’मा पर्सा–रक्सौल खण्ड फेरि चर्चामा आएको छ। पछिल्ला दुई घटनामा भारतीय प्रहरीले मोटरसाइकलको सिटभित्र लुकाइएको गाँजादेखि दुईवटा स्कर्पियोमा राखिएको झण्डै १९१ किलो गाँजा बरामद गरेको छ। यी दुई छुट्टाछुट्टै घटनामा एक भारतीयसहित चार नेपाली नागरिक पक्राउ परेका छन्। भारतीय सुरक्षाकर्मीले लगातार कारबाही तीव्र बनाएपछि नेपालबाट भारततर्फ...

रुकुमपूर्वको सिस्नेमा जिप दुर्घटना : दुई जना गम्भीरसहित आठ घाइते

काठमाडौं, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ स्थित स्यालापाखा सडक खण्डमा मङ्गलबार बिहान जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमानन्द पाण्डेका अनुसार लाम्फाकोटबाट रुकुमपश्चिमको खलङ्गातर्फ जाँदै गरेको भे १ ज ६०४५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो। दुर्घटनामा परी घाइते भएका सबै आठ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला...

रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लाको  कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसैगरी गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ । बाढीबाट...

सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्त फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारलाई नेपाल प्रहरीले डिएनए परीक्षणका लागि सम्पर्क गर्न आग्रह गरेको छ । प्रहरीका अनुसार बाढीपछि फेला परेका शव वा शरीरका अंगको डिएनए परीक्षणमार्फत पहिचान गर्न बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना नजिकको रक्तसम्बन्धीको ताजा रगतको नमुना आवश्यक पर्नेछ । नमुना दिन चाहने परिवारले पासपोर्ट...

साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने प्राधिकरणको तयारी

काठमाडौं ।  बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ । प्राधिकरणले स्थानीय विद्युत् प्रणालीलाई छुट्टै सञ्चालनमा ल्याएर रसुवाका प्रभावित क्षेत्रमा आपूर्ति पुनःस्थापना गर्ने प्रयास गरिरहेको हो । त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा समन्वय भइरहेको प्राधिकरणले...

नेपालको बिपदमा भारतको अभुतपुर्व, बरूण चौधरीले भने, `संकटमा भारतले गरयो नेपाल-भारतको सबन्धको गहिराई´

काठमाडौं, १५ भदौ । नेपाल विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरिरहेका बेला उद्योगपति डा. वरुण चौधरीले भारतबाट प्राप्त तत्काल राहत, उद्धार तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका छन्। सीजी कर्प ग्लोबल तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले भिडियो सन्देशमार्फत विपद्को कठिन घडीमा भारतले देखाएको साथले नेपाल–भारतबीचको गहिरो मित्रतालाई फेरि उजागर गरेको बताएका हुन्। “कठिन समयमा...

नेप्से ४३.८९ अंकले घट्यो, ३ अर्ब ६४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज सोमबार नेप्से ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका ९३ लाख २२ हजार १८५ कित्ता शेयर ३ अर्ब ६४ करोड ८६  लाख ९ हजार ८७८ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी उपकर लघुवित्तको शेयर १३.१६ प्रतिशतले बढेको छ भने घोराही सिमेन्टको शेयर ७.५७ प्रतिशतले बढेको छ । त्यस्तै आज...

प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको ​भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।