सर्वदलीय बैठकबाट उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदीय समिति बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले भोटेकोसी बाढीबारे दुई समिति बनाउने निर्णय गरको छ । 

वुधबार बसेको बैठकले संसद बहिर रहेका दलहरू र संसद्मा रहेका दलहरू रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइने भएको छ भने अर्को संसदीय समिति बनाउने निर्णय भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्र रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा बनाइएको छ भने संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी, जसपा नेपाल रहने छन् ।

खरेलले भने-‘दिगो रुपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणको कुराको सन्दर्भमा छलफल गर्नको लागि रास्वपाका सभापति रवि लामिछाने संयोजक रहनुभएको यो उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै रहने निर्णय भएको छ ।’

त्यस्तै बैठकले संसदीय विशेष समिति बनाउन सभामुख डोलप्रसाद अर्याललाई आग्रह गर्ने निर्णय गरेको छ  । 

बैठकमा सभापति लामिछानेसहित कांग्रेस सभापति गगन थापा, नेकपा नेता माधवकुमार नेपाल, एमाले नेतृ पदमा अर्याल, नेकपा नेता बर्षमान पुन, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतका नेताहरु उपस्थित रहेका थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।