वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तेह्रथुमका ३५ वर्षीय नगेन्द्र भेटवाल, बर्दियाका ४४ वर्षीय समुन्द्रबहादुर थापा र पाँचथरका ४४ वर्षीय कुमार खतिवडा रहेका छन् ।

प्रहरीका अनुसार नगेन्द्रले जापान पठाइदिने भन्दै एक जनाबाट १० लाख रुपैयाँ, समुन्द्रले कम्बोडिया पठाइदिने भन्दै ७ लाख रुपैयाँ र कुमारले संयुक्त अरब इमिरेट्स पठाइदिने भन्दै एक जनाबाट १ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नगेन्द्रलाई सोमबार टोखा–५ बाट तथा समुन्द्रलाई कागेश्वरी मनोहरा–९ र कुमारलाई कागेश्वरी मनोहरा–७ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।