काठमाडौं, ३१ भदाै । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चारजनाको शव फेला परेको छ । बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चार शव भेटिएका हुन् ।
फेला परेका शवको पहिचान र घटनाबारे थप विवरण आउन बाँकी छ । सुरक्षा निकाय र सम्बन्धित निकायले शवको सनाखत तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन् ।
भदौ १० गते ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवाका र नुवाकोटका १३ वटा जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो । त्यसयता आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारको खोजीकार्य जारी छ ।

