Author

Srijana Puri

S

श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन

विराटनगर । हर्क साम्पाङ नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीमा नयाँ विवाद शुरु भएको छ । धरानस्थित होटल गोर्खामा आज र भोलि बस्दै बस्न लागेको केन्द्रीय कमिटीको बैठकमा हालै एकता प्रक्रियाबाट पार्टीमा आएका सुदन किराँती समुहलाई नबोलाइएको खुलेको छ । बैठकमा आफु पक्षका नेताहरुलाई नाबोलाइएपछि किराँतीले आफुनिकट नेताहरुसँग छलफल थालेको बताइएको छ ।  साम्पाङ निकट एक नेताले भोलीको बैठकमा किराँती समुहलाई...

शव पहिचानका लागि चीनले नेपालमा डीएनए विज्ञ पठाउने

काठमाडौँ । चीनले बाढी तथा पहिरोमा मृत्यु भएकाहरूको शव पहिचानका लागि नेपालमा डीएनए पहिचान विज्ञ पठाउने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा नेपाललाई तत्काल आवश्यक पर्ने डीएनए परीक्षण उपकरण, ड्रोन, पानी शुद्धीकरण उपकरणलगायत सामग्रीसमेत पठाउने जानकारी दिएका छन् । बाढीपछि नदीमा धेरै दिन बितेका शवको अवस्था बिग्रिएका कारण पहिचान गर्न कठिन भइरहेको छ...

भीम रावल भन्छन्- प्रधानमन्त्री बिनाको सर्वदलीय बैठकको औचित्य छैन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले प्रधानमन्त्रीको उपस्थिति नरहेको सर्वदलीय बैठकको कुनै औचित्य नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भदौ १६ गते दिउँसो सर्वदलीय बैठक बोलाएको समाचार सुनेको भन्दै रावलले भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीबाट उत्पन्न गम्भीर समस्या र चुनौती सामना गर्न सर्वदलीय बैठक बस्नु सकारात्मक भएको बताएका छन् । तर विपद्को सामना गर्ने मुख्य...

वीरेन्द्रनगर नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं, १६ भदौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।  नगरपालिकाको आज बसेको ९१औँ कार्यपालिका बैठकले बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त सहयोग राशिको घोषणा गरेको नगरप्रमुख (मेयर) मोहनमाया भण्डारी ढकालले जानकारी...

बाढी प्रभावित बालबालिकाको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न आग्रह

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको तस्बिर र भिडियो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न आग्रह गरेको छ । परिषद्ले उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउने क्रममा खिचिएका बालबालिकाका तस्बिर तथा भिडियो फेसबुक, म्यासेन्जर, युट्युब, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा...

जलविद्युत् आयोजनाका सुरुङमा भएको उद्धार प्रयास बारे नेपाली सेनाले के भन्यो ?

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। भदौ १६ गते बिहान ११ बजेसम्म नेपाली सेनाले हवाई माध्यमबाट २३ जनाको उद्धार गरेको जनाएको छ । सुरुङ उद्धारतर्फ चिलिमे जलविद्युत् आयोजनामा संयुक्त टोलीले करिब ५० मिटर, लाङटाङ जलविद्युतमा १५० मिटर र माथिल्लो त्रिशूली–१ मा करिब २०० मिटरसम्म सुरुङभित्र प्रवेश गरी खोजी...

इंग्ल्यान्डसँगको सिरिज हारेपछि पाकिस्तानले सात खेलाडी हटायो

काठमाडौँ । इंग्ल्यान्डसँगको टेस्ट सिरिज गुमाएपछि पाकिस्तानले टोलीमा ठूलो परिवर्तन गरेको छ । पाकिस्तानले सात खेलाडीलाई टोलीबाट हटाउँदै पाँच नयाँ खेलाडीलाई पहिलोपटक राष्ट्रिय टोलीमा बोलाएको छ भने मुख्य प्रशिक्षकलाई समेत जिम्मेवारीबाट मुक्त गरेको छ । सिरिजका पहिलो दुई टेस्टमा एकतर्फी हार बेहोरेपछि बर्मिङ्घममा सेप्टेम्बर ९ देखि सुरु हुने तेस्रो तथा अन्तिम टेस्टका लागि पाकिस्तानले खेलाडी र प्रशिक्षक...

प्रतिनिधि सभाको बैठक बुधबार बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबार बस्ने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधि सभाको बैठक बुधबार दिउसो १ बजेदेखि बस्ने गरी निर्णय भएको हो ।  बैठकमा भोटेकोशी बाढीपछिको विपद बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । जसमाथि सबै दलका नेताहरूले बोल्नेछन् । यसअघि भदौ १०  मा  भोटेकोशी नदीमा बाढी आएको दिनमा प्रतिनिधिसभाको बैठक...

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं, १६ भदौ । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म देशका विभिन्न स्थानमा गरी ९८७ जनाको शव फेला परेको हो। बाढीका कारण सबैभन्दा धेरै क्षति चितवनमा भएको छ, जहाँ विभिन्न मानव अङ्गसहित ३२१ जनाको शव फेला परेको छ। यसैगरी नवलपरासी (बर्दघाट...

र्यापर बादशाहको विवाह गरेको पाँच महिनामै सम्बन्धविच्छेद

काठमाडौँ । भारतीय र्यापर गायक बादशाहले ईशा रिखीसँग विवाह गरेको पाँच महिनामै सम्बन्धविच्छेद भएको पुष्टि गरेका छन् ।  उनीहरूले यसै वर्ष मार्चमा विवाह गरेका थिए । विवाह भएको करिब तीन महिनापछि नै उनीहरूबीच सम्बन्धमा समस्या आएको खबर सार्वजनिक भएको थियो । बादशाहले सामाजिक सञ्जालमार्फत आफू र ईशा रिखीले आपसी सहमतिमा अलग हुने निर्णय गरेको बताएका छन् । उनले लेखेका छन्- ‘मैले र ईशा रिखीले आपसी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।