इलाम । इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार मे १ ज ३७०६ (प्र.१–०१–००१ ज ३७०६) नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकमा पल्टिँदा देउमाई नगरपालिका–१ चमैता निवासी अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको ज्यान गएको हो। पल्टिएको गाडीले थिचिएर चालक बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले शवको मुचुल्का तयार गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ। दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

