काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार विमान मोल्दोभाबाट उडान भर्ने क्रममा ड्रोन आक्रमणको जोखिमबाट जोगिएको नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेले बताएका छन् । स्टोरेका अनुसार जेलेन्स्कीको विमान उडान भर्न लागेका बेला एउटा ड्रोन विमाननजिकै पुगेको थियो । ड्रोन कति दूरीमा थियो भन्नेबारे भने उनले जानकारी दिएनन् । ड्रोनको चेतावनीपछि जेलेन्स्कीको उडान केही समय ढिला भएको थियो ।...








