एमालेमा विद्यादेवी भण्डारी दोस्रो वरीयताक्रममा रहने

ए

काठमाडौँ, ८ असोज। नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘वरिष्ठ सम्मानित नेता’ बनाएएसँगै उनको वरीयताक्रम दोस्रो स्थानमा रहने भएको छ।

यस निर्णयसँगै अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहेका वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ भने तेस्रो स्थानमा पुगेका छन्।

बिहीबार बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई पार्टीको वरिष्ठ सम्मानित नेता बनाउने प्रस्ताव गरेको थियो। लगत्तै सोही दिन बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।