Author

Srijana Puri

S

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित

काठमाडौं । नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । मलेसियामा मंगलबार सम्पन्न खेलमा नेपालले हङकङमाथि १८१ रनको फराकिलो जित हासिल गरेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछाएको हङकङले २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाएको थियो । हङकङको ब्याटिंग लाइन ध्वस्त गर्न नेपाली बलर सोनी पाख्रिनले ४ विकेट लिएकी थिइन् भने मनिषा उपाध्यायले २ विकेट लिएकी थिइन् । यस अघि...

सुदूरपश्चिम विश्वविद्यालयद्वारा तीन छानबिन समिति गठन

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद्ले अध्ययन बिदा, विश्वविद्यालयको जग्गा तथा छात्रवृत्ति व्यवस्थापनसम्बन्धी विषयमा तीनवटा समिति गठन गरेको छ । परिषद्को निर्णयअनुसार अध्ययन बिदाको दुरुपयोगबारे छानबिन गरी प्रतिवेदन पेस गर्न प्राध्यापक डा. राजेन्द्र प्रसाद भट्टको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ । त्यसैगरी विश्वविद्यालय र यसका आंगिक क्याम्पसका नाममा रहेको...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।  सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ बर्षिय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा मृत्यु भएको हो । विवेकले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । गम्भीर अवस्थामा रहेका विवेकलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइ कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना...

मध्यपूर्वमा तनाव थप चुलियो, मिसाइल हमलामा एक भारतीय नाविकको मृत्यु

काठमाडौँ । अमेरिकाले मंगलबार बिहान इरानमाथि पुनः व्यापक हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव थप चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हर्मुज जलडमरूमध्यमा इरानविरुद्धको नाकाबन्दी पुनः लागू गरेको घोषणा गरेका छन् । अमेरिकी केन्द्रीय सैन्य कमान्डका अनुसार आक्रमणको उद्देश्य इरानको सैन्य क्षमता कमजोर बनाउनुका साथै हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजहरूको...

नारायणगढ- मुग्लिन सडकमा पहिरो हटाइएपछि दुईतर्फी सवारी सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोका कारण अवरुद्ध भएको सडकमा बाँकी रहेको पहिरो हटाइएपछि दुईतर्फी सवारी आवागमन सञ्चालनमा आएको छ। सडक डिभिजन भरतपुरका अनुसार बिहानैदेखि आवश्यक उपकरण परिचालन गरी सडकमा बाँकी रहेको पहिरो हटाइएको हो । पहिरो हटाउने काम सम्पन्न भएसँगै उक्त सडकखण्डमा दुवैतर्फबाट सवारी सञ्चालन गरिएको जनाइएको छ । सडक डिभिजनले चालकहरूलाई लेन अनुशासनको पूर्ण पालना गर्न, जोखिमपूर्ण रूपमा...

बीपी राजमार्गमा सवारी आवागमन सुचारु

बनेपा । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै होल्ड गरिएको बीपी राजमार्गमा सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडकमा हुन सक्ने जोखिम कम भएका कारण सवारी साधन सञ्चालन सुचारु गरिएको जानकारी दिएको हो । थप जानकारीका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको...

अमेरिका-इरान तनाव बढेपछि कच्चा तेलको मूल्य ११ प्रतिशतले उकालो

काठमाडौँ । अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य सोमबार करिब ११ प्रतिशतले बढ्दै प्रतिब्यारेल ८३. ३१ अमेरिकी डलर पुगेको छ । यो वृद्धि फेब्रुअरी अन्त्यदेखि सुरु भएको अमेरिका-इरान द्वन्द्वयताकै सबैभन्दा तीव्र दैनिक वृद्धिमध्ये एक मानिएको छ । मंगलबार बिहान भने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८४.१५ डलर पुगेको छ । विश्लेषकहरूका अनुसार...

२२.५ महिनाको वस्तु आयात धान्ने विदेशी विनिमय सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको चालु खाता ८० अर्ब ६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब २१ अर्ब ७४ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ३७ करोड डलर बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ३५ करोड डलर बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत हस्तान्तरण १७ अर्ब ३ करोड...

पुरुष बाँझोपन उपचारमा नयाँ आशा: मानव स्टेम सेलबाट शुक्राणु विकासतर्फ महत्वपूर्ण फड्को

काठमाडौँ । वैज्ञानिकहरूले प्रयोगशालामा कृत्रिम रूपमा मानव शुक्राणु विकास गर्ने दिशामा महत्वपूर्ण सफलता हासिल गरेका छन् । अनुसन्धानकर्ताले मानव स्टेम सेलबाट भविष्यमा परिपक्व शुक्राणु बन्न सक्ने प्रारम्भिक शुक्राणु कोशिका विकास गर्न सफल भएका हुन् । यो उपलब्धिले पुरुष बाँझोपनको कारण बुझ्न र भविष्यमा प्रजनन उपचारको नयाँ आधार तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अमेरिकाको पेन्सिल्भेनिया...

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस, विधेयक प्रस्तुत तथा अन्तर्राष्ट्रिय सन्धिमाथि छलफल र अनुमोदनसम्बन्धी प्रस्तावहरू अघि बढाइने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । मन्त्री गौतमले न्याय परिषद्को...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।