नारायणगढ- मुग्लिन सडकमा पहिरो हटाइएपछि दुईतर्फी सवारी सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोका कारण अवरुद्ध भएको सडकमा बाँकी रहेको पहिरो हटाइएपछि दुईतर्फी सवारी आवागमन सञ्चालनमा आएको छ।

सडक डिभिजन भरतपुरका अनुसार बिहानैदेखि आवश्यक उपकरण परिचालन गरी सडकमा बाँकी रहेको पहिरो हटाइएको हो । पहिरो हटाउने काम सम्पन्न भएसँगै उक्त सडकखण्डमा दुवैतर्फबाट सवारी सञ्चालन गरिएको जनाइएको छ ।

सडक डिभिजनले चालकहरूलाई लेन अनुशासनको पूर्ण पालना गर्न, जोखिमपूर्ण रूपमा एकअर्कालाई उछिन्ने प्रयास नगर्न तथा सीमित गतिमा सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।