Author

Srijana Puri

S

नन्दन यादव घाइते, विश्वकप लिग-२ का बाँकी खेल गुमाउने

काठमाडौँ  । नेपाली राष्ट्रिय किकेट टिमका तीव्र बलर नन्दन यादव घाइते भएका छन्  । यादवको  ह्यामस्ट्रिङ इन्जुरिका कारण नेदरल्यान्ड्समा जारी विश्वकप लिग-२ का बाँकी खेल गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।  मंगलबार नामिबियासँगको पहिलो खेलमा उनी असहज महसुस गर्दै मैदान छाडेका थिए । त्यसपछि उनी बिहीबार नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेल खेलेका थिएनन् । नेपाली टोलीमा...

म्याग्दीमा पहिरो: एक वृद्धको मृत्यु, तीन जनाको सकुशल उद्धार

म्याग्दी । म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ भने अर्को घटनामा एकै परिवारका तीन जनाको सकुशल उद्धार गरिएको छ । सोमबार बिहान करिब २ बजे धवलागिरि गाउँपालिका-७ धारापानी तल्लो हाडेभिर स्थित टकदेवी थापाको घरमाथिबाट पहिरो खस्दा घर पुरिएको थियो । घरमा रहेका तीनै जनाको प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको हो । उद्धार...

चिनियाँ ह्युमनाइड रोबोटप्रति अमेरिका चिन्तित, नयाँ कानुन बनाउदै

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) र मानवरूपी तथा चारखुट्टे रोबोट प्रविधिमा चीनले तीव्र गति लिइरहेका बेला अमेरिकाले त्यसलाई राष्ट्रिय सुरक्षासँग जोडेर नयाँ कानुनी कदम अघि बढाएको छ । रिपब्लिकन र डेमोक्रेट दुवै दलका सांसदहरूले संयुक्त रूपमा ‘गार्ड ऐन’ नामक विधेयक संसदमा दर्ता गरेका छन् । प्रस्तावित विधेयकको उद्देश्य चीनमा निर्मित उन्नत रोबोट प्रणालीलाई अमेरिकी महत्वपूर्ण पूर्वाधारमा प्रयोग हुनबाट...

नारायणी अस्पताल घटनामा एक जना पक्राउ

वीरगञ्ज । नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटना पछि चिकित्सकमाथी भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  घटनाको वास्तविक अवस्था बुझ्न, परिस्थितिको अनुगमन गर्न तथा आवश्यक समन्वय गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रतिनिधि टोली वीरगञ्ज पठाइएको छ ।  मन्त्रालयका अनुसार घटनामा संलग्न एक जना पक्राउ परिसकेका छन् भने थप अनुसन्धान प्रक्रिया अगाडि...

विश्वकप लिग- २ मा आज नेपाल र नामिबिया खेल्दै

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत  नेपालले आज नामिबियासँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार २: ४५ बजेदेखि शुरु हुदैछ । यस सिरिजमा नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा नामिबियासँग ८ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डससँग ६ विकेटको हार बेहोरेको थियो । त्यस्तै नेपालसँगको खेल जितेको नामिबियाले भने नेदरल्याण्डससँगको खेल भने हारेको...

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज उज्बेकिस्तानको सामना गर्दै

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा आज नेपालले उज्बेकिस्तानको सामना गर्दैछ । लगतार चौथो हार बेहोरे पछि नेपालले आज राउण्ड रोबिनको अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्न लागेको हो । पाकिस्तानको इस्लामाबादमा हुने यो खेल नेपाली समय अनुसार बिहान साढे १० बजेदेखि शुरु हेन छ ।  नेपालले यसअघि बंगलादेशसँग ३-२ ले, पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र...

भारतमा ककरोच जनता पार्टीको भविष्य के होला ?

काठमाडौँ । भारतका तत्कालीन केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएसँगै पछिल्लो एक महिनादेखि चर्चामा रहेको ‘ककरोच जनता पार्टी (सिजेपी)’ को आन्दोलन औपचारिक रूपमा समाप्त भएको छ । दिल्लीको जन्तर–मन्तरमा लगातार जारी प्रदर्शन सकिएपछि त्यहाँको अवस्था फेरि सामान्य बनेको छ । प्रदर्शनस्थलमा लेखिएका नाराहरू हटाइएको छ भने सडक र सार्वजनिक स्थानको सरसफाइ पनि गरिएको छ ।...

आज संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । दिउसो २ बजे बस्ने प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था बारे...

सिमलताल नजिकको पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान पहिरो खस्दा अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान खसेको पहिरो हटाएपछि उक्त सडकखण्डमा सवारीसाधनको आवागमन पुनः सुचारु गरिएको हो ।  यसअघि पहिरोका कारण केही समयका लागि दुवैतर्फको यातायात अवरुद्ध भएको थियो । पहिरो हटाउने कार्य सम्पन्न भएपछि सडकमा सवारी आवागमन सामान्य रूपमा सञ्चालनमा आएको...

सुनसरीका पाँच बजार क्षेत्रमा कर्फ्यु

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् । कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।