काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज उज्बेकिस्तानको सामना गर्दै

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा आज नेपालले उज्बेकिस्तानको सामना गर्दैछ ।

लगतार चौथो हार बेहोरे पछि नेपालले आज राउण्ड रोबिनको अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्न लागेको हो । पाकिस्तानको इस्लामाबादमा हुने यो खेल नेपाली समय अनुसार बिहान साढे १० बजेदेखि शुरु हेन छ । 

नेपालले यसअघि बंगलादेशसँग ३-२ ले, पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो ।  नेपालको ४ खेलमा तालिकामा ३ अंक जोडेको छ । त्यस्तै उज्बेकिस्तानले भने यसअघि खेलेका ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।  

प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।