नन्दन यादव घाइते, विश्वकप लिग-२ का बाँकी खेल गुमाउने

काठमाडौँ  । नेपाली राष्ट्रिय किकेट टिमका तीव्र बलर नन्दन यादव घाइते भएका छन्  ।

यादवको  ह्यामस्ट्रिङ इन्जुरिका कारण नेदरल्यान्ड्समा जारी विश्वकप लिग-२ का बाँकी खेल गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 

मंगलबार नामिबियासँगको पहिलो खेलमा उनी असहज महसुस गर्दै मैदान छाडेका थिए । त्यसपछि उनी बिहीबार नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेल खेलेका थिएनन् । नेपाली टोलीमा १६औं खेलाडीका रूपमा अर्का तीव्र बलर हेमन्त धामी रहेका छन्, सम्भवतः नन्दनको स्थानमा हेमन्त नेपालको १५ सदस्यीय टोलीमा आउनेछन् । 

यस सिरिज अन्तर्गत नेपालले आज नामिबियासँग र बुधबार नेदरल्यान्ड्ससँग खेल्ने तालिका छन् । यस अघि नेपालले नामिबिया र नेदरल्यान्ड्ससँगका खेलमा हार बेहोरेर सिरिजमा खराब शुरुवात गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।