काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसद्लाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताएका छन् । सङ्घीय संसद् सचिवालयले सुरु गरेको ‘डिजिटल संसद् मञ्च’को परीक्षण सञ्चालन उद्घाटन गर्दै उनले प्रणालीलाई प्रभावकारी बनाउन सबै सम्बन्धित पक्षले अपनत्व लिनुपर्ने बताए । उनले भने-‘यो हाम्रो चाहना मात्र होइन, आजको आवश्यकता हो । विश्व तीव्र गतिमा प्रविधिको युगमा प्रवेश गरिरहेको छ । अब हामी थप ढिला...









