काठमाडौँ गोर्खाजले टस जित्यो, जनकपुरले पहिला बलिङ गर्दै

क

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमने सामने हुदैछन् ।

यस खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ र पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै जनकपुर बोल्ट्सले पहिला बलिङ गर्ने भएको छ । 

जारी प्रतियोगितामा जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको छ भने काठमाडौँले आफ्नो पहिलो खेल खेल्दैछ । 

त्यसैगरी आज साँझ ५ बजेदेखि शुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन् ।  कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने विराटनगर किंग्सले पहिलो खेलमा चितवन राइनोजसँग हार बेहोरेको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।