निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमितिको अध्ययन सुरु

न

काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै उठेका प्रश्नबारे संसदीय उपसमितिले प्रारम्भिक अध्ययन सुरु गरेको छ ।

बिहीबार बसेको उपसमितिको बैठकले कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन सक्ने गरी कार्यविधि तय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाको नेतृत्वमा गठित नौ सदस्यीय उपसमितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट प्राप्त कागजात अध्ययन गरिरहेको छ ।

गत प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । उनीहरूको पोसाकका लागि करिब एक अर्ब रुपैयाँ निकासा भएको थियो । छोटो अवधिका लागि नियुक्त निर्वाचन प्रहरीलाई कमसल सामग्री उपलब्ध गराइएको भन्दै प्रश्न उठेपछि सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको थियो ।

झाको नेतृत्वमा गठित नौ सदस्यीय उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।