२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १३९ जना घाइते

२

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ५ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा ४ तथा कोशी प्रदेशमा ३ जनाको मृत्यु भएको छ । त्यस्तै कर्णाली र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।  

त्यस्तै देशभर भएका दुर्घटनामा १३९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २५ जना घाइते भएका छन् भने कोशीमा ३९ जना, काठमाडौँ उपत्यकामा २० जना, सुदूरपश्चिममा ११ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ३१ जना, कर्णालीमा ४ जना र गण्डकीमा ४ जना घाइते भएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।